आइपीएल लिलामीमा राजस्थानले १३ वर्ष उमेरका खेलाडी किनेर इतिहास रच्यो

डिसी नेपाल
११ मंसिर २०८१ १४:४१
1.7k
Shares

काठमाडौं । राजस्थान रोयल्सले आईपीएल २०२५ को लिलामीमा १३ वर्षीय खेलाडी वैभव सूर्यवंशीलाई किनेको छ । योसँगै उनी आईपीएलको इतिहासमा सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।

राजस्थान रोयल्सले साउदी अरेबियाको जेद्दा शहरमा जारी आईपीएल मेगा लिलामी २०२५ मा वैभव सूर्यवंशीलाई १.१० करोड भारुमा किनेको छ।

वैभव सूर्यवंशी आईपीएलको इतिहासमा सबैभन्दा कान्छो खेलाडी हुन्। उनको उमेर १३ वर्ष २४३ दिन छ । वैभव सूर्यवंशी बायाँ हाते ब्याट्सम्यान हुन्।

बिहारका वैभव सूर्यवंशी अन्तर्राष्ट्रिय शतक बनाउने सबैभन्दा कान्छो खेलाडी हुन्। उनले चेन्नईमा अस्ट्रेलिया अन्डर १९ विरुद्धको युवा टेस्टमा भारत अन्डर १९ टोलीको तर्फबाट शतक प्रहार गरेका थिए।

चेन्नईमा भएको उक्त खेलमा वैभवले ६४ बलमा १०४ रन बनाएका थिए । यसअघि वैभव १२ वर्षको उमेरमा रणजी ट्रफीमा बिहारका लागि डेब्यु गरेर चर्चामा आएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *