एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले कार प्राप्त गर्ने 

डिसी नेपाल
११ मंसिर २०८१ १८:०५
472
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले कार प्राप्त गर्ने भएका छन्।

ओमोडा एन्ड जेइकोले एनपीएलको पहिलो संस्करणमा सहप्रायोजकको रुपमा साझेदारी गरेसंगै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले कार प्राप्त गर्ने भएका हुन्। एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा मंगलबार सो सम्बन्धी सम्झौता गरिएको हो।

सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिक प्रा।लि। का प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरे। एसपिजि अटोमोबाइल्स, ओमोडा एन्ड जेइको अटोमोबाइल्सको नेपालको आधिकारिक बिक्रेता हो। कार्यक्रममा क्यानका सचिव पारस खड्काले एनपिएलको फाइनलको दिन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले गाडी पाउने जानकारी दिए। अहिलेका लागि एक बर्षका लागि सम्झौता गरेपनि आगामी दिनमा पनि यसले निरन्तरता पाउने उनले बताए।

एनपीएलको पहिलो संस्करणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। एनपिएल मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *