‘जनकपुर बोल्टस्’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को टोली ‘जनकपुर बोल्टस्’ले नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरको रूपमा सम्झौता गरेको छ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच जनकपुर बोल्टस्ले नेपाल सेरामिक इण्डस्ट्रीको उत्पादन नेपोभिट टायल्ससँग डेकोर पार्टनरको रूपमा सम्झौता गरेको हो। जनकपुर बोल्टस्का निर्देशक अमित श्रेष्ठ र नेपोभिट टायल्सका अध्यक्ष शम्भुनाथ झाले सम्झौतापत्रमा हस्ताक्षर गर्दै पत्र आदानप्रदान गरे।
त्यस अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले एनपीएलको सफलताका लागि शुभकामना दिए। नेपोभिट टाईल्सका अध्यक्ष झाले नेपोभिट टायल्सलाई जनकपुर बोल्टस्सँग जोड्न पाउनु गौरवको विषय भएको बताए।
यस्तै, जनकपुर बोल्टस्का निर्देशक श्रेष्ठले नेपोभिट टायल्सलाई डेकोर पार्टनरका रूपमा स्वागत गर्न पाउँदा हर्षित महसुस भएको जिकिर गरे। पहिलो संस्करणको एनपीएल शनिबारदेखि सुरु हुँदैछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment