वेस्ट इन्डियन लिजेन्ड लारा काठमाडौंमा
काठमाडौं । वेस्ट इन्डियन लिजेन्ड ब्रायन लारा बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।
उनी छोरीसहित नेपाल आएका छन्। ब्रायन र उनकी छोरीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले विमानस्थल पुगेर स्वागत गरेका थिए।
विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लाराले यसअघि आफू भारत आएको भए पनि नेपाल अहिलेसम्म नआएको र पहिलो पटक आउन पाउँदा खुसी लागेको बताए।
लाराले नेपालमा रहँदा त्रिवि मैदानमा गएर नेपाल प्रिमियर लिग (एनपीएल)का केही खेल हेर्ने छन्। उनले सो क्रममा पाँच ओभरको कमेन्ट्रीसमेत गर्ने छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment