गजल : प्रेमको पुकार
दिल भित्रको आवाज म कसरी सुनाउँ
शब्दमा भन्दै जाउँ भने बोली कसरी फुटाउँ
शब्द कागजमा लेखुँ त कसको हातमा पर्ने हो
अर्काको हातमा पर्दा म कसरीर बाँच्ने हो
कसैले के हो भनी सोध्दा मेरो जवाफ शून्य छ
कसैले बोलाउँदा भने मेरो बोली काम्दछ
प्रेममा जोर चल्दैन, गालिब पनि फसेका थिए
प्रेमैको कविता लेख्दा उनी नै तर्सिएका थिए
प्रेम भित्रको दियो बल्दा संसारै रम्य देखिने
उही प्रेमको आगो बल्दा धर्ती उजाड देखिने
उही प्रेमको आगो बल्दा धर्ती उजाड देखिने।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment