कविता : प्रेमी र प्रेमिकाको आलाप

शंकरप्रसाद रिजाल
६ पुष २०८१ ७:१६
124
Shares

छोडेर प्रेमीले देश टाढा उडी बिदेसिने
सम्झना प्रेमीको झल्को मनमा फर्की आउने।

घरमा प्रेमिका रोइ सम्झना प्रेमीको बोकी
बेचैन मनको साथ दिन रात रोइ बसी।

मजबुर प्रेमीको जीवन बिदेसिइ हिँड्ने
यता प्रेमिकाको जीवन निरासामा बितने।

मजबुर जीवन त्यो दुवै विलापमा रुने
खोइ सुख जीवन त्यो आनन्दमा झुलने।

दुवै फोटोहरु हेरी छामी हिँड्छन् रातमा
फोटाहरु दुवै छोडी दुवै हुन्छन विलापमा।

निरास प्रेमीका बन्दै बोलाउँछिन् प्रेमीलाई
घाइते बन्द कोठामा माग्छिन् प्रेम बाँच्नलाई।

ती टाढा गएका प्रेमी बैरागी बनी बस्दछन्
सोचेका मनका पीडा प्रेमिकालाई पोख्दछन्।

बिशाल मनका भाखा को छ यो सुनीदिने
दुबैको प्रेमको आलाप को छ यहाँ बुझिदिने।

कपाल कालो तो झुला अनुहार लुकाउँदै
रुन्छिन् धरधरी बिचरी सबै शिर झुकाउंँदै।

पर्दा उघारी को हेर्ने बिचरीको यो बेदना
पीडाले छटपटाए होलान प्रेमी ती कति रातमा।

चन्द्रको खोजीमा हिँड्ने ती सूर्यको के कुरा
कहिलेपनि भेटिन्न ती चन्द्रमाको चुरा।

भेट कहिले हुने होला यी जोडी प्रेमीको दुवै
नछुटोस् यिनको जोडी दुवै होउन् खुसी खुबै।

जाँदा बिदेश घरको याद हुन्छ सधैं प्रिया
मर्दा मलामी घरमा अनि बसनेको क्रिया।

तसर्थ घरको माया गर सबैको साथमा बसी
नजाउ परदेश भाइ हेर त्यो परिवारको खुसी।

यसैले जीवन तिम्रो खुसीमा बित्नु पर्दछ
नत्र देशको आँखाबाट सोकको आँसु झर्दछ
नत्र देशको आँखाबाट सोकको आँसु झर्दछ।।

राम्रो र नराम्रो

राम्रो नराम्रो दुवै छन् यो नब संसारमा
खोजे के पाइन्न र यो भवसागरमा।

सुन्दर प्रकृतिको रुप छ यो पृथ्वीमहा
दुष्ट मानिसको पनि बस्ती छ यो विश्वमा।

सोचे सबै राम्रो हुन्छ यो हाम्रो जीवनमा
राम्रो नराम्रो छुट्टयाउने यो हो मनमहा।

काँडा गुलाबमा हुन्छ तर मह हुन्छ फूल बिचमा
छोपेर पनि छोपिन्न यो छिपेको छ फूलमा।

सुन्दर फूल फूलेका छन् बगैंचा अति सुन्दर
त्यही फूल छन् चुँडालेर हिँड्ने छन् धुरन्धर।

गहनाले सजिएकी युवती देखिन्छिन् सुन्दर
त्यही युवतीको मनमहा बढ्छ फेरि बबण्डर।

रुपले सौन्दर्यको झल्कोमात्र देखाउने
भित्र मनका भाव रिस मात्र उठाउने।

दरबार राजको हेर कति यो छ सुन्दर
बस्ने मानिसको हेर कस्तो छ सोचको घर।

भित्र बाहिर अति राम्रो जताततै छ मन्दिर
मनको भाव चम्किँदा ज्योति छर्दछ सुन्दर।

मानिस भित्र लुकेको छ गुणको मह सागर
बाहिर उ खोजी हिँड्छ दोषको दोष बाहर।

खोज्ने सबै तिमी नै हौ राम्रो यो संसारमा
मिल्नेछ सबै राम्रो त्यो तिम्रो एक खोजमा।

शान्त रुप मुद्राको त्यो देखिन्छ अति राम्रो
बाहिरि रुप छ नजरमा छन सबै कुरूप हाम्रो।

हिउँका टुकडा हेर त्यो कति रम्य छ
छुँदा तिनै थोकमा हेर चिसो छुनै नसक्नु छ।

रातमा चन्द्रमा हेर त्यो कति मौन छ
दिनमा सूर्यमा हेर आँखा पोल्ने तेज छ।

सुन्दरता मुखमा होइन सुन्दरता मनमा हेर
आफू भित्रकै मनमा बस्ने त्यो ईश्वरमा हेर।

छन् ईश्वर सबै राम्रो दैवी गुण भएपनि
आफैं भित्र सबै राम्रो प्रफुल्ल मनको धनी।

राम्रो नराम्रो दुवै नै छन् यो नव संसारमा
खोजे के पाइन्नर यो ठूलो भवसागरमा
खोजे के पायिन्नर यो ठूलो भवसागरमा।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *