अब मुकुकको ब्यबस्था परिबर्तन गर्नुपर्ने समय आयो, अनि मात्र अबस्था परिबर्तन : कमल थापा
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको ब्यबस्था परिबर्तन नगरी अबस्था परिबर्तन हुनै नसक्ने दाबी गरेका छन्। थापाले मुलुकको ब्यबस्था परिबर्तन गर्नुपर्ने समय आएको समेत जिकिर गरे।
भ्रष्ट ब्यबस्था र भ्रष्ट शासकले मुलुकमा ब्रम्हलुट मच्चाएका छन्,यसको अन्त्यको लागि शसक्त आन्दोलन जरुरी भएको भादै थापाले देश बचाउन र बनाउन आन्दोलको बिकल्प नभएको समेत दाबी गरे।
मुलुकलाई बचाउन र बनाउन राप्रपा नेपालसँग स्पष्ट मार्गचित्र भएको चर्चा गर्दै थापाले बिदेशीले बोकाईदिएको गणतन्त्र ,संघीयता र धर्मनिरपेक्षताको भारिको बोझ मुलुकले धान्न नसक्न्ने समेत बताए।
सबै हिन्दुबादी , प्रजातन्त्रबादी , राष्ट्रबादी र राजाबादी एक ठाउँमा आएर अहिलेको मनपरीतन्त्र र लुटतन्त्रको अत्य गर्न सडक संघर्ष गर्नुपर्नेमा थापाको जोड थियो।
पार्टीको काठमाडौं -८ क्षेत्रीय समितिद्वारा नरदेबिमा आयोजित पार्टी प्रवेश तथा सकृय सदस्यता बितरण कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल, केशब श्रेष्ठ, यबती कार्की , प्रदिप कार्की लगायतले बोलेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment