सूर्यदर्शन सहकारी ठगी प्रकरणः गण्डकी प्रदेशकी पूर्वसांसद मीना गुरुङ पक्राउ

डिसी नेपाल
९ पुष २०८१ २१:२०
1.7k
Shares

काठमाडौं। गण्डकी प्रदेशकी पूर्वसांसद तथा सूर्यदर्शन सहकारीकी पूर्व उपाध्यक्ष मीना गुरुङलाई ठगी प्रकरणमा कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार साँझ गुरुङलाई पोखरा–११ स्थित उनको निवासबाट पक्राउ गरिएको हो। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएका प्रतिवादीमध्ये गुरुङ पनि एक हुन्। सहकारीको आर्थिक अनियमिततासम्बन्धी आरोपपछि उनीमाथि छानबिन सुरु भएको थियो।

प्रहरीले उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको छ। उनलाई बिहिबार अनुसन्धानका लागि समय लिन अदालतमा उपस्थित गराईने कास्की प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *