हुम्लामा हिमपात, किसानमा छायो खुसी
हुम्ला। बिहान ६ बजेदेखि हिमपात सुरु भएको छ। हिमपातसँगै चिसो बढेको छ। यस वर्ष पुस महिनामै हिमपात भएपछि हुम्लि किसानहरू खुसी देखिन थालेका छन्।
मङ्सिर महिना खेतबारी छरेको उवा,जौ, गहुँ राम्रो हुने भएपछि हुम्लि किसानहरूको मुहारमा खुसी छाएको छ। मङ्सिर महिना खेतबारीमा छरेको उवा,जौ,गहुँ यस वर्ष राम्रो हुने भएको सिमिकोट गाउँपालिका-६ की गीता रावतले जानकारी दिए।
आकाशे पानीको भर पर्नुपर्छ यस पटक समयमै हिउँ परेको बालीनाली राम्रो हुन्छ रावतले बताए। सुरु वर्षहरूमा ४र५ फिटसम्म हिउँ पर्थ्यो सिमिकोट गाउँपालिका-६ की रूपसी रोकायाले बताए।
जलवायु परिवर्तनका कारण हिउँ पहिला भन्दा छिटो पग्लिन्छ रोकायाले बताए। चिसोका कारण सदरमुकाम सिमिकोटमा बिहानैदेखि चहलपहल घटेको छ। जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा भने २र३ फिटसम्म हिमपात भएको स्थानीयवासीले बताएका छन्।
हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment