खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगित
काठमाडौं । वायु सेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगित गरेको छ। संघले आइतबार विज्ञप्ति जारी गरी खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा अवरोध भइरहेको जनाउँदै सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म उडान स्थगन गरिएको जनाएको हो।
‘खुम्बु क्षेत्रमा हेलिकप्टर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म सो क्षेत्रका सम्पूर्ण उडान यही पुस २१ गतेदेखि स्थगित गरिएको व्यहोरा जानकारी गराउँदै उक्त क्षेत्रमा उडान भर्ने स्टल वायुसेवा कम्पनीले पनि सुरक्षाको पूर्ण प्रत्याभूति नभएको खण्डमा क्रमशः आफ्ना उडान स्थगन गर्ने जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।
सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत अन्य स्थानीय युवा समूह तथा सङ्घ संस्थाले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै व्यावसायिक रूपमा यही जनावरी ०१ देखि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको थियो।
हेलिकप्टर उडान प्रतिबन्ध सम्बन्धमा सम्बन्धित पदाधिकारीसँग संघका पदाधिकारीले पटकपटक वार्ता गर्दा पनि निष्कर्षमा पुग्न नसकेको र हाल खुम्बु क्षेत्रका हेलिप्याडमा झण्डा गाडी अवरोध सिर्जना गरिएको संघले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment