कोशीको लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते हुने
मोरङ। कोशी प्रदेश सरकारले आगामी २०८२ वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने निर्र्णय गरेको छ।
बिहीवार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यहि माघ ११ देखि १३ गते सम्म आयोजना गर्ने भनिएको लगानी सम्मेलन सारेर वैशाख १८ र १९ गते निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।
परियोजनाहरुको शोकेसिङ, कानुन संसोधन र खरिद प्रक्रिया लगायतका कार्य गर्न समय अभाव भएकोले लगानी सम्मेलन सारिएको उनले बताए।
कोशी प्रदेश सरकारले करिब १ खर्बको लगानी भित्र्याउने गरी लगानी सम्मेलन आयोजना गर्न लागेको हो। लगानी सम्मेलनका लागि ३७ वटा परियोजनाहरुलाई शोकेसमा राखिएको छ। यसका लागि विभिन्न समिति र सचिवालय समेत गठन भईसकेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment