एमालेले पार्टीबाट निकाल्दैमा मेरो अत्याचारविरुद्धको लडाइ कमजोर हुँदैन : भीम रावल

डिसी नेपाल
२७ पुष २०८१ १७:१५
136
Shares

काठमाडौं । नेता भीम रावलले एमालेले पार्टीबाट निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय र अत्याचारविरुद्धको लडाइ कमजोर नहुने बताएका छन्।

राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले तानाशाही ढंगले एमाले नेतृत्वले आफूलाई निष्काशन गरेको भन्दै एमालेले निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय अत्याचारविरुद्ध र देशभक्तिको झण्डामाथि उठाउने उत्साहमा कमी नहुने बताए।

रावलले एमाले नेतृत्वको स्वच्छाचारी, राष्ट्रिय हित विपरितका कार्य, मनपरी र भ्रष्टाचारपूर्ण क्रियाकलापविरुद्ध लड्दा पाच्य नभएको जिकिर गरे। उनले आफूलाई बद्नाम गर्न राजावादी भएको प्रचार गरिएको समेत उल्लेख गरे।

देशभक्तसँग हातेमालो गर्दै अघि बढ्ने र मातृभूमि जागरण अभियानलाई शसक्त बनाउने जिकिर गर्दै उनले देशको आवश्यकता भए बैकल्पीक शक्ति निर्माण गर्न सवैसँग हातेमालो गर्दै अघि बढ्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *