रमालक्ष्मी गौतमका दुई कविता

रमालक्ष्मी गौतम
५ माघ २०८१ ६:५९
36
Shares

प्रजातन्त्र

फुलेको छ फलेको छ प्रजातन्त्र यो देशमा
नारीको शिर उठाएर बोल्नु पर्ला विशेषमा
नारी हुन ज्ञानका अन्धा गाउँ कुना बसी कन
कसरी शिक्षित पारौ हाँसी हाँसी यो जीवन।

गाउँका नारी छन् पछाडि घर धन्दा गरी कन
आयो खुल्ला प्रजातन्त्र फुर्सत छैन यो जीवन
उठाइ शितका थोपा घैला भरी भरी कन
उत्साहले उठेका छन नेपालका सबै जन।

फुलेको छ प्रजातन्त्र देश राम्रो बनाउन
अघि सर्नु पर्‍यो जनता कला यहाँ देखाउन
उठाई ज्ञानको ज्योति नारी पुरुष बराबरी
गरौं भाषण समालेर मञ्चमा पसी सरा सरी।

नगर्नु कविको हेला प्रजातन्त्र गए पनि
नआओस् शिरमा बाधा साना ठूला भए पनि
गरेको छ कति मर्मत हातमा ठेला उठी उठी
चलाउन देशको नाउ आम सभामा जुटी।

मनको भावना

समुद्रमा कुदी कुदी सकिँदैन तर्न
कागतमा कलम ज्योति थाल्नु प¥यो भर्न
समुद्रका माथि माथि पुल बनाएर
साथी भाइ बोल्नु पर्‍यो शान्ति जनाएर।

नेपालीका छोरा छोरी गोठालो भो जीवन
तालु माथि नाम्लो राखी कपाल माथि रिवन
कलमले कागज कोरी नाउँ चलाएर
जीवनमा बस्नु पर्‍यो मुटु जलाएर।

स्कुल जाने पयरले काँडा टेकी हिँड्छ
कविता र कहानीले देश ढाकी दिन्छ
कलम कपी बोक्ने हातले घाँस काटी हिँड्छ
जति आँखा हेरे पनि बादलुले ढाकी दिन्छ।
सुन्दरहरैंचा–११,कर्जुना, मोरङ

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *