पशुपति धर्मशालाको विषय अदालमा मुद्दाको रुपमा छ : मन्त्री पाण्डे

डिसी नेपाल
८ माघ २०८१ २०:०७
80
Shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति धर्मशालाको विषयमा अध्यन समिति बनाइएको बताएका छन्।

मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले पशुपति धर्मशालाको विषयमा एकातिर अध्यन समिति बनाइएको त एकातिर अदालमा मुद्दाको रुपमा रहेको बताएका हुन्।

उनले भने, ‘पशुपतिको धर्मशाला सम्बन्धि विषयमा पनि अध्यन समिति एकातिर बनाएका छौँ भने अर्कोतिर यो विषय अदालतमा पनि मुद्दाको रुपमा छ। अदालको मुद्दालाई कुनै असर नहुने गरी हामीले खालि विवरणातमक कुरा लिएर आउनुस् , यो व्यापार हो की मारवाडी सेवा समितिले गरिरहेको ? यो सेवा हो की ? व्यापार भए कति नाफा गर्नु हुन्छ र कति कोषलाई दिनु हुन्छ , सेवा हो भने कति सेवा गर्नु हुन्छ कहाँ कहाँ गर्नुहुन्छ यो विवरणात्मक रिर्पोट ल्याउनका लागि अदालतमा भएको मुद्दालाई कुनै असर हुन सक्दैन। र हुन दिने छैन भनेर हामीले यस्तो गरेका हौँ, यसमा पनि हाम्रो मन्त्रालयको महाशाखाको सहसचिवको नेतृत्वमा त्यो अध्यन समिति बनेको छ, त्यसले अध्यन गर्दैछ।’

साथै उनले संस्कृति, पर्यटन र नागरिकको तीनवटा स्तम्भ अगाडि बढाएर लानुपर्ने बताए । उनले पर्यटनलाई अगाडि बढाउनका लागि मन्त्रालयको स्रोत बढाउनुपर्ने अवस्था रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *