संसद् बहिष्कार गर्ने प्रतिपक्षी दलको चेतावनी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलले नपाए संसद् बहिष्कार गर्ने चेतावनी दिएका छन्।
बुधबार बसेको लेखा समिति बैठकमा मोदीले सभापति ऋषिकेश पोखरेलले मार्गप्रसस्त गर्नुपर्ने भन्दै त्यसो हुन नसके संसद् बहिष्कार गर्ने चेतावनी दिएका हुन्।
प्रधानमन्त्री र लेखा समितिका सभापति एकै दलको हुन नहुने मान्यताको पालना हुनुपर्ने उनले बताए। मोदीले अहिलको अध्यादेशले व्यापारीलाई खुलमखुला कालोबजारी गर्न बाटो खुल्ला गरिएको उल्लेख गरे।
डेडिकेटेड र ट्रंकलाईनको बक्तौता तिर्नका लागि सेटिङमा सिमेन्टको मूल्य बढाइएको हो कि भन्ने गम्भीर प्रश्न सिर्जना भएको उनको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment