५८ हजार ८ सय किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

डिसी नेपाल
१३ माघ २०८१ १७:५५
112
Shares

काठमाडौं । आगामी माघ २२ गतेदेखि सुरु हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीलाई लगाइने ‘एचपीभी’ खोप अभियानका लागि कोशी प्रदेशका विभिन्न जिल्लामा खोप पठाउन सुरु गरिएको छ।

केही दिनअघि विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आइपुगेको २ लाख ७५ हजार १ सय ८० भाइल खोप मध्ये ५८ हजार ८ सय ५० भाइल ७ वटा जिल्लामा पठाइएको छ।

झापा, मोरङ, सुनसरी, उदयपुर, सोलु, ओखलढुंगा र संखुवासभामा एक साता भित्र खोप पठाइने र करिब ६ हजार ६ सय भाइल बफर स्टकमा राखिने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख ज्ञान बहादुर बस्नेतले जानकारी दिए।

आगामी माघ २२ गते देखि फागुन ६ गते सम्म एचपीभी खोप अभियान सञ्चालन गरी १० देखि १४ वर्षउमेर समूहका किशोरीलाई नि:शुल्क खोप दिने उनले बताए।

एचपीभी खोप लगाउँदा एचपीभीको संक्रमणबाट हुने क्यान्सर रोग ७० प्रतिशत घटाउन सकिने विश्वास रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले लक्षित समूहका किशोरीलाई विद्यालयमै खोप अभियान सञ्चालन गर्ने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *