कविता : उपहार
धेरै टाढाबाट आएको छु उपहार लिई हातमा
प्रेमको फूल लिइ आएको छु म तिम्रो साथमा।
नाता गोता कुनै छैन टुट्ने फुट्ने कुनै डर
दिल भित्र त्यो तिम्रो बनाएको छु नया घर।
आशा प्रेम त्यो तिम्रो पाउने मन यो खुबै
रहेको छ मेरो मनमा फिंजिएको जताततै।
सम्झना खुब तिम्रो छ यो मनमा सधैं सधैं
पाउन्न फेरि तिमीलाई खोज्दापनि कुनै कतै।
उपहार मेरो तिमीलाई फूल गुलाबको सरी
सम्हाली राखेको छु तिमीलाई त्यो मायाले गरी।
नोओइलाओस् गुलाब मेरो त्यो हातमै रही
नखेर जाओस उपहार सधै सुखा बनी रही।
दाम चढाइ उपहार दिने मेरो बानी रहेन
घाम लुकाइ अध्याँरो तिर जाने बानी रहेन।
बस मसँग यही एउटा फूल छ त्यो तोड्दिन
स्वीकार यसलाई गर्छौ भन्ने म भन्न सक्तिन।
हीरा मसँग त्यो छैन घाँटी टलक्क टल्किने
सुनको गहना पनि छैन त्यो छातीमा झल्किने।
बिन्दी सुनको छैन त्यो निधारमा झुलने
सुनको छैन औंठी त्यो औंलामा लगाउने।
केही छैन ममा त्यस्तो उपहार लिइ आउने
छ त त्यो एउटा प्रेम तिमीलाई सुहाउने।
छ गुलाब हातमा मेरो रातोसेतो दुबैथरी
छ प्रेम मनमा मेरो चुरा पोते बजेसरी।
मोल छैन उपहारको अनमोल बनी रहोस्
यसैको खुसीमा तिम्रो जीवन सुखीबनी रहोस्।
निभने छैन यो बत्ति तिरो जीवनभरी यहाँ
यो उपहार लिइ बस्छु म जुनी भरी यहाँ।
No ads found for this position


Facebook Comment