कविता : अधुरो माया

शंकरप्रसाद रिजाल
३ फागुन २०८१ ७:०५
216
Shares

मायामा जे नहुने थियो त्यो जीवनमा हुँदै गयो
त्यो मेरो चोखो माया बिस्तारै अधुरो हुँदै गयो
को छ यहाँ यो बुझ्ने मजबुरीको यो ब्यथा
को छ यहाँ यो सुन्ने यो अधुरो मायाको कथा।

कुरेको छु तिमीलाई माया तिम्रो पाउँछुकी भनी
रोएका छन् ती तारा हाम्रो मायालाई सम्झी
चन्द्रमा मौन बस्छिन् हाम्रो मायाको सम्झनामा
रात आकास उज्यालो छ जुन तारा छ आकासमा।

हाँसो छुट्छ मायामा शरीरै झम झमाउने गरी
माया टुट्छ यी आँखामा टाढा टाढा हुने गरी
उनको साथमा बस्न त मन छ भेट्ने कसोरी
तृष्णा मनको प्यास मायाको म बुझाउँ कसोरी।

सम्झना उनको माला म गन्दछु गेडा फेरि
बिर्सिन्छु बीचमा फेरि सम्झँदै माया घरीघरी
एकाग्र मन यो छैन इच्छा फेरिन्छ खरखरी
माया छ एक नै तिनको हातैले समाउने गरी।

टाढा दूरको माया झन् गाढा बन्ने भयो
साँझ पख आकासमा चन्द्रमा उदाई सक्यो
भेट तिमी नभएपनि मेरो मनमा सधैं बस
सम्झना रहिरहनेछ तिम्रो सधैं बिहानी पख।

लोक तिम्रो भुलोक होइन स्वर्गलोक हो भने
हरेक दिन ओर्लिइ आउ माया मनमा छ भने
माया नभई छायाँ हौ भने मायामा किन नाच्द्छौ
मेरो जीवनको लिलामा सर्बश्वै किन बन्दछौ।

आखिर आँखाको दूर नानीमा छोडी सबै मरेसरी
त्यो मायाको आशका फूल सवै धुलोबनी उडेसरी
त्यो मायाको आशाका फूल सबै धुलोबनी उडेसरी।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *