हमासले इजरायललाई पठायो नयाँ शव, शिरी बिबासको भएको दाबी

डिसी नेपाल
१० फागुन २०८१ १०:०८
772
Shares

काठमाडौं। हमासले शुक्रबार साँझ रेडक्रसलाई हस्तान्तरण गरिएको नयाँ शव इजरायली बन्धक शिरी बिबासको भएको दाबी गरेको छ। इजरायली चिकित्सा अधिकारीहरूले शवको अनुसन्धान गरिरहेको बताएका छन्।

यसअघि हमासले बिहीबार इजरायललाई चार शव हस्तान्तरण गरेको थियो । तर, शवको फोरेन्सिक जाँच गरेपछि इजरायलले उक्त शव शिरी बिबासको नभई एक अपरिचित महिलाको भएको बताएको थियो ।

अब फेरि एक पटक हमासले इजरायललाई नयाँ शव हस्तान्तरण गरेको बिबिसीले उल्लेख गरेको छ ।

हमासले अक्टोबर ७, २०२३ मा ३३ वर्षीया शिरी बिबासलाई उनका दुई छोराछोरी, ४ वर्षीया एरियल र ९ वर्षीय काफिरसँगै बन्धक बनाएको थियो ।

इजरायलको सेना आइडिएफले गुप्तचर र फोरेन्सिक अनुसन्धान अनुसार, नोभेम्बर २०२३ मा आमासहित दुई बच्चालाई हमासले बर्बरतापूर्वक मारेको बताएको छ । यद्यपि, हमासले इजरायली बम विस्फोटमा बालबालिका र उनीहरूकी आमा दुवैको मृत्यु भएको बताएको थियो । यस सम्बन्धमा, इजरायलले हमासलाई युद्धविराम सम्झौताका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *