बन्धक रिहा गर्न हमासलाई राष्ट्रपति ट्रम्पको अन्तिम चेतावनी

डिसी नेपाल
२२ फागुन २०८१ ७:४९
312
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा बन्धकहरूलाई रिहा गर्न हमासलाई अन्तिम चेतावनी दिएका छन्। आफूले इजरायललाई आवश्यक पर्ने सबै कुरा पठाउने यदि आफूले भने जस्तो नगरेमा हमासको एक सदस्य पनि सुरक्षित नहुने चेतावनी समेत उनको चेतावनी छ।

व्हाइट हाउसले हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पले सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै यसो भनेका हुन्। अहिले इजरायलले सहायता वितरण रोकेपछि गाजामा खाद्यान्नको मूल्य बढेको छ।

हमासलाई सबै बन्धकहरूलाई रिहा गर्न र मारिएका मानिसहरूका सबै शवहरू तुरुन्तै फिर्ता गर्न आग्रह गरेका छन्। ट्रम्पले हमासलाई धम्की दिएको यो पहिलो पटक भने होइन। डिसेम्बरमा ट्रम्पले पदभार सम्हाल्दासम्म बन्धकहरूलाई रिहा नगरिए सबै नर्क हुने बताएका थिए।

ट्रम्पले युद्धविराम अन्तर्गत हालै रिहा भएका ह्वाइट हाउसमा बन्धकहरूको समूहसँग भेट गरेपछि यो पोस्ट आएको हो।

यसैबीच, ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकाले बन्धकहरूलाई रिहाइको लागि परामर्श गर्न हमाससँग सीधा वार्ता गरिरहेको पुष्टि गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *