कविता:बगैंचा

शंकरप्रसाद रिजाल
९ चैत २०८१ ७:२९
192
Shares

बगैंचा सानो स्वर्ग हो फूलले ढकमक्क ढाकिँदा
जहाँ प्रेमले भरिएको ती दुइ जोडी जोडिँदा
आकास हाँसी असिनाको बहार फ्याकँदा
बनेको छ त्यो प्रेम उल्लासको त्यो हार पाउँदा।

बगैंचा फूलको घर हो प्रेमको जुहार पनि
सबै हाँसी खेल्छन् त्यो पबित्र भूमिमा पनि
बगैंचा प्रेमको जोडी दुइ एकेमा मिलेको
थुंगा फूलको चुमी त्यो श्वर्गमा रमेको।

बगैंचा मिलन बिन्दु हो बिछोड घाट मोचनमा
प्रेम आत्मामा हुन्छ गहिरो भक्ति भावमा
जोडी प्रेमको हेर त्यो कति हसीन छ
फूलेका फूल ति हेर सर्बत्र कति पबित्र छ।

यहाँ हरेक कदमको जीवनमा दिलभित्र के छ
खुलेको आकासमा हेर जे छ त्यस भित्रनै छ
कहाँ छ त्यो श्वर्गको लोक जाहाँ कसरी पुगुँ म
स्वर्ग त्यो किन खोजूँ म त्यो बगैंचा भित्रनै छ।

बगैंचा ती प्रेमीको हेर त्यो कति झिल्मिलाऊँ छ
त्योदेखि नौलाख तारा कति तिल्मिलाउँ छ
बगैंचा राज्य हो फूलको स्वर्ग जस्तै हरा भरा
प्रेम मीरा कृष्णको हेर त्यो सधैं छ चिदम्भरा।

बगैंचा फूलको साथी सधैं सुबास दिलाउने
बैरागी मनका ति पन्छी भित्र भित्रै रमाउने
कतिले पुस्तक लेखे कतिले रचे मिठा कविता
कतिले संसार जीते यसैमा दिन बिताउँदा।

कति प्रेममा बाँधिए होलान् यही फूल त्यो चुमी
श्वर्गमा पनि रमे होलान् यसैको सम्झना गरी
हेर त्यो बगैंचा सबले यसले प्रेम जगाउँछ
बैरागी मनको ज्वाला भित्र भित्रै सेलाउँछ।

बगैंचा मन हो एक त्यहाँ फूल सधैं फुलोस्
प्रकृति बगैंचा हो इश्वरको हराभरा सधैं रहोस्
विश्व बगैंचा हो सबको जनता फूलसरि रमाउन्
यो संसारमा आउने कसैलेपनि दु:ख कैले नपाउन्यो
संसारमा आउने कसैलेपनि दु:ख कैले नपाउँन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *