पाथीभरा क्षेत्रमा हिमपात
ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा आज दिउँसोदेखि हिमपात भइरहेको छ। दिउँसो सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
समितिका कर्मचारी राजेन्द्र महतका अनुसार यस वर्ष पाथीभरामा योसहित चार पटक हिमपात भइसकेको छ। हिमपातपछि यहाँ केही चिसो बढेको उनले बताए। ‘जिल्लाका अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ। वर्षाले हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले किसान खुसी भएका छन्’, उनले भने।
यसैबीच, आज मात्रै पाथीभरा मन्दिरमा एक हजार छ सय ९८ तीर्थयात्री पुगेका छन्। पुस महिनायताको यो सबैभन्दा बढी सङ्ख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए।
पाथीभरामा विशेष गरी वडादसैँ, रामनवमी तथा अन्य धार्मिक अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। उनका अनुसार मौसममा सुधार आएसँगै समुद्री सतहबाट तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा न्यानो महसुस हुन थालेपछि तीर्थयात्रीको सङ्ख्यामा वृद्धि भइरहेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment