ऊर्जामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेका युवाहरु प्रहरी नियन्त्रणमा

डिसी नेपाल
१२ चैत २०८१ १७:१०
384
Shares

काठमाडौं। ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको विरोध गर्दै ऊर्जामन्त्रीलाई पदमुक्त गर्नुपर्ने भन्दै नेकपा बहुमतका युवाहरुले सिंहदरबारको दक्षिण गेट अगाडी प्रदर्शन गरेका थिए।

निषेध क्षेत्रमा प्रदर्शन भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रदर्शनकारीहरुले ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सरकारविरोधी नारा लगाएका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *