शार्फु–४ मा पहिलोपटक मानव पाइला

डिसी नेपाल
१६ चैत २०८१ १८:४६
196
Shares

ताप्लेजुङ। कञ्चनजङ्घा क्षेत्रमा पर्ने छ हजार चार सय ३३ मिटर अग्लो शार्फु–४ हिमालमा पहिलोपटक मानवले पाइला टेकेका छन्। गत मङ्गलबार चिलीका पर्वतारोही हर्नान डेबिड लियलको नेतृत्वमा आएको टोलीले पहिलोपटक उक्त हिमालको सफल आरोहण गरेको आरोहण दलका सदस्य पूर्णिमा श्रेष्ठले जानकारी दिए।

एक्स्ट्रिम क्लाइम्बर्समार्फत आएको टोलीले गरेको शार्फु–४ लाई मिनी अन्नपूर्ण को सङ्ज्ञा पनि दिइएको छ। नेतृत्वदायी भूमिकामा रहेका लियलले यसअघि नेपाल, तिब्बत र पाकिस्तानका आठ हजार र छ सय मिटर अग्ला हिमालमा आरोहण गरिसकेका छन्।

टोलीमा अन्य तीन जना नेपाली आरोही सहभागी थिए। सोलुखुम्बूका पर्वतारोही लाक्पाछिरी शेर्पा, ताप्लेजुङका नाङ्डा शेर्पा र गोरखाकी पूर्णिमा श्रेष्ठ उक्त टोलीमा रहेका थिए। हिमालयको चुनौतीपूर्ण भूगोललाई जित्दै, शार्फु–४ को पहिलो आरोहण हुनु विश्वभरका पर्वतारोहीका लागि प्रेरणादायी बन्ने अपेक्षा गरिएको आरोहण दलको नेतृत्व गरेका लियलले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *