ट्रम्पले कर लगाउने घोषणा गरेका देशहरूको सूचीमा रुसको नाम किन छैन ?
काठमाडौं । गत बुधबार अमेरिकाले धेरै देशहरूमाथि पारस्परिक करको घोषणा गर्यो। यसरी कर लगाउने भनेर जारी गरिएको देशहरूको सूचीमा रुसको नाम छैन।
अमेरिकी आउटलेट एक्सियोसले ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटलाई उद्धृत गर्दै बताएअनुसार अमेरिकाले अहिले रूसमाथि धेरै प्रतिबन्ध लगाएको हुँदा ती प्रतिबन्धले अमेरिका र रूसबीच “व्यावहारिक रूपमा कुनै पनि व्यापारलाई रोक्छ”।
यसको अर्थ प्रतिबन्धका कारण अमेरिका र रूसबीच वैधानिक रूपमा कुनै व्यापार हुन मिल्दैन । व्यापार नै नहुने भएपछि त्यसमा करको पनि कुनै अर्थ हुँदैन । लेभिटले भनिन् ‘यही कारणले क्युबा, बेलारुस र उत्तर कोरिया पनि अमेरिकाको कर लगाउने देशको सूचीमा समावेश छैनन्।’
२०२२ मा युक्रेनमा रुसी आक्रमणपछि अमेरिकाले रुसमाथि ठूलो प्रतिबन्ध लगाएको थियो। यद्यपि, राष्ट्रपति बनेपछि ट्रम्पले रुसप्रति मैत्रीपूर्ण दृष्टिकोण देखाएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment