चैत १५ गतेको घटनामा उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपा नेपालको माग

डिसी नेपाल
२५ चैत २०८१ १७:५४
76
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)ले यही चैत १५ गते तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यस घटनासँग जोडेर पक्राउ गरिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशम्शेर राणालाई तत्काल रिहाइ गर्न सरकारसँग माग गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

उक्त पार्टीले आफ्नो विचारको प्रतिरक्षाका निम्ति सबै राष्ट्रवादी र प्रजातन्त्रवादीलाई एकताबद्ध हुन आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *