मधेश प्रदेशलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभामा सम्बोधन गर्ने भएका छन्। उनले आज दिउँसो १ बजे प्रदेश सभालाई सम्बोधन गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ।
बैठकमा अनिवार्य सहभागिताको लागि प्रदेश सांसदलाई सूचना जारी गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए।
प्रदेशसभाको सम्बोधनपछि ओली सिरहामा हुने आम सभालाई सम्वोधन गर्न प्रस्थान गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सिरहा सदरमुकाममा हेमनारायण यादवको शालिकमा माल्यार्पण गरिसकेपछि सूर्यनारायण सत्यनारायण मोरवैता क्याम्पसमा आयोजित सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment