सन्दर्भ : मातातिर्थ औंशी

कविता : आमा

शंकरप्रसाद रिजाल
१४ वैशाख २०८२ ७:३०
144
Shares

आमा तिमी गर्भ लिने मलाइ
आमा तिमी जन्म दिने मलाइ।

म जन्मिए गर्भ विशे रमाएँ
सानो तिम्रो गर्भाकाशमा म तिल्मिलाएँ।

तिम्रो वासनाकाे अदम्य खेलमा म पनि रमाएँ
हजार सूर्यको जस्तो तेजमा म तिर्मिराएँ।

तिम्रो आकास जस्तो धरतीमा म पनि निदाएँ
तिम्रो बिशाल जिउमा म कताकता बिलाएँ।

आखीर मेरो द्वार खुली गयो
चेतनाको मुश्कान फुटी गयो र तिमीले
दिएको संस्कार खुली रह्यो।

मेरो सुरक्षामा कुनै कमी रहेन
ठूलो हावाहुरीले पनि केही गरेन।

घामको तापले पनि केही गरेन
कुनै चिसोले पनि केही गरेन।

हजार सैनिकहरुको पहरा भन्दापनि बलियो
दिइ सुरक्षा पनि भित्रको।

सानो कोठापनि कत्ति दरिलो
धन्य आमा तिमी कत्ति बलियो।

मेरो पीडाले तिमी छटपटायौ
मेरो पीडामा तिमी चल्मलायौ।

आमा तिमी आकास समान
आमा तिमी पृथ्वी समान।

सक्तिन आमा तिमीलाई क्यैले,
भन्दिन आमा तिमीलाई क्यैले।

सकिन मैले तिमी बुझ्नलाई
सकिन मैले तिमी पुज्नलाई।

आमा तिमी स्वर्गमा रमाउ
मलाइ सधैं तिम्रो स्मृति गराउ।

म राख्छु मनमा बलिदान तिम्रो
म हेर्छु ऐना अनुहार तिम्रो।

अहो! आमा तिमी कत्ति राम्रो
अहो! आमा तिमी कत्ति राम्रो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *