कतारबाट सांगीतिक क्षेत्रमा उदाउँदै कलाकार मनिष गोस्वामी

दोहा। कतारमा बसेर पनि सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कालाकार (गायक) हुन मनिष गोस्वामी। सप्तरी जिल्लाको कनचनरुप नगरपालिका-२ मा घर भएका गोस्वामी यति बेला एक दशकदेखि रोजगारीको सिलसिला खाडी मुलुक कतारको दोहामामा बस्दै आएका छन्।
उनलाई कतारमा हुने हरेक नेपाली सांस्कृतिक कार्यक्रम भ्याइ नभ्याइ छ। नेपालीमा मात्र न भई भारतीय र बंगाली समुदायमा पनि उतैको चर्चा बटुलेको उनी सानै उमेरमा गीत संगीतलाई माया गर्ने र गीतहरू गुनगुनाउने गोस्वामीको कलाकार बन्ने चाहना थियो।
सानैमा कलाकार बन्ने चाहाना हुँदाहुँदै आफूसँग आर्थिक थिएन चाहना भएर के गर्नु उनले भने। घरमा ३ जना भाइ बहिनी मध्ये आफू सबै भन्दा कान्छो भएता पनि घरको जिम्मेवारी आफूमाथि उतिकै नै थियो।
सन् २०२२ मा सम्पन्न फिफा विश्वकप कतार सुप्रिम कमिटीसँगको समन्वयमा गैरआवासीय नेपाली संघ कतारको सांस्कृतिक विभागमार्फत विभिन्न फ्यान जोनहरुमा पनि उत्कृष्ट प्रस्तुति रहेको उनी बताउँछ्न्।
गोस्वामी भन्छन्- मैले चर्चा कमाउन होइन संस्कृति जर्गेना गर्न गीत गाउने गर्छु।आफू सानै उमेरमा विद्यालय तीरहरू हुने कार्यक्रम तथा बन पाखामा गीतहरू गाउँथे रेडियो सुन्दा गीतहरू बज्दा मैले पनि कलाकार बन्नु पर्छ सोच्थे र त्यही सपना पुरा गर्न लागिरहे।’
पछिल्लो समय आफूले कतारको दोहामा हुने लगभग हरेक कार्यक्रममा आफूलाई आयोजकले सम्झिरहँदा निकै खुसी लाग्ने गरेको उनी बताउँछन्। ‘म कला संस्कृति जर्गेना गर्नु पर्छ भन्ने सोच राखेर यो क्षेत्रमा लागेको हुँ प्राय मैले मैथिली, नेपाली हिन्दी भोजपुरी गीतहरु गाउने गरेको उनले सन्चारकर्मीसँग कुरा गर्दै भने।
Facebook Comment