सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेर एक जनाको मृत्यु

डिसी नेपाल
१६ वैशाख २०८२ १५:३४
440
Shares

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक बिरामीले तेस्रो तलाबाट हाम फाल्दा घटनास्थलमै ज्यान गएको छ।

प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका थिए।

मंगलबार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए। उनलाई अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन्। एकैपछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासि तेस्रो तलाबाट हाम फालेको देखिएको अस्पतालले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *