छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला

डिसी नेपाल
१६ वैशाख २०८२ १७:११
772
Shares
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।
दोलखाको विगु गाउँपालिका-३ बुलुङ बस्ने अन्दाजी ६५ वर्षीय मिर बहादुर गोले आफ्नै घर नजिक सडकमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
धनुषाको धनुषाधाम नगरपालिका-७ महटेर्वा बस्ने ६० वर्षीय जोगी महरा सोही ठाउँस्थित पोखरीको डिलमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
बाराको कलैया उपमहानगरपालिका-१६ उत्तर झिट्कैया बस्ने २७ वर्षीय सुवास कुमार यादव आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *