काठमाडौंमा सवारी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं। बूढानीलकण्ठ नगरपालिका–५ विष्णुमती पुल नजिक आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बा ८४ प ४५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार परिचय नखुलेका अन्दाजी २२ वर्षीय पुरुषको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया
Facebook Comment