७ करोडको कारलाई ट्याक्सी बनाएपछि…
काठमाडौं । के तपाईंले कहिल्यै ७ करोड रुपैयाँको कार किनेर ट्याक्सीको रूपमा प्रयोग गरेको व्यक्ति देख्नुभएको छ ? सायद छैन । तर, चीनका एक जना मानिसले त्यस्तै गरे । चीनमा एक व्यक्तिले पहिले मर्सिडीज मेब्याक एस-४८० कार किनेका थिए र अहिले उनी यसबाट धेरै पैसा कमाइरहेका छन्। कारहाम्रोका अनुसार नेपालमा यो कारको मूल्य ६ करोडदेखि ७ करोड १५ लाखसम्म पर्छ ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार यी व्यक्तिले अब आफ्नो कारमा एक यात्राको लागि लगभग ५ हजार युआनसम्म (९० हजार रूपैयाँ) लिन्छन्। यी व्यक्ति बेइजिङमा बस्छन् र ‘ओल्ड युआन ड्राइभ्स अ मेब्याक फर राइड-हेलिङ’ नामक सामाजिक सञ्जाल खाता चलाउँछन्। धेरै मानिसहरूलाई उनको अनौठो पेशा मन पर्छ र अहिले उनका लगभग १ लाख २० हजार फलोअर्स छन्।
युआन थर भएका यी व्यक्तिले विलासी सवारी साधनको व्यवसाय चलाइरहेका छन्। यी व्यक्तिले गत वर्ष नोभेम्बर १ मा १.५५ मिलियन युआनमा मेब्याक कार किनेका थिए र त्यसपछि ट्याक्सीको रूपमा काम गर्न थालेका थिए। हालै, सोही व्यक्तिले बिहान ६:४५ बजे आफ्नो दिन सुरु गरेको र दिनभरि सवारी पूरा गरेर ४ हजार युआन कमाएको बताए।
उनी भन्छन्, ‘विलासी मेब्याक राइड-हेलिङ कार चलाउनु मेरो काम मात्र होइन, मेरो जीविकोपार्जन पनि हो।’ अहिले, मेब्याक मोडेल बेइजिङ र सांघाईमा राइड-हेलिङको लागि मात्र अर्डर गर्न सकिन्छ। अन्य शहरहरूमा यो कहिले उपलब्ध हुन्छ भन्ने कुरा अनिश्चित छ ।’
रिपोर्टका अनुसार, ती व्यक्तिले आफूले ६ लाख ८० हजार युआनको डाउन पेमेन्ट गरेको बताएका छन्, जसमध्ये ५ लाख युआन उनको छ वर्षको बचतबाट संकलन गरिएको थियो। यसपछि, बाँकी रकम पाँच वर्षको लागि ऋणको रूपमा लिइयो। यसको इएमआइ १४,४६६ युआन थियो।
युआनका अनुसार उनी महिनामा लगभग ४० वटा सवारी गर्छन् र केही यात्राहरूको लागि उनलाई ५ हजार युआन सम्मको भुक्तानी मिल्छ। ती व्यक्तिले आरामदायी जीवनशैली अपनाएर हरेक महिना लगभग १० हजार बचत गर्ने दाबी गर्छन्।
धेरै पढिएको.
No trending news available right now.







डिसी नेपाल








Facebook Comment