‘नाकाबन्दी’का कारण गाजामा सहायता कार्य धराशायी हुने अवस्थामाः संयुक्त राष्ट्रसंघ

डिसी नेपाल
१९ वैशाख २०८२ १९:४९
348
Shares

इजरायलले गाजामा मानावीय सहायतामा पूर्ण नाकाबन्दी लगाएको दुई महिना पुगेको छ। मानवीय सहायताकर्मीहरूले शुक्रबार गाजाको भोकमरी, द्वन्द्वबाट प्रभावित बालबालिका र पानीका लागि मानिसहरूले संघर्ष गर्नुपरेको भयावह दृश्यको वर्णन गरेका छन्। संयुक्त राष्ट्रसंघ र रेडक्रसले युद्धग्रस्त प्यालेिस्टनी क्षेत्रको भयावह अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय कारबाहीको माग गरेका छन्।

‘गाजामा मानवीय प्रतिक्रिया पूर्ण रूपमा प्रभावित भएको छ,’ रेडक्रसको अन्तर्राष्ट्रिय समितिले एक विज्ञप्तिमार्फत् चेतावनी दिएको छ। ‘तत्काल कदम नचालेमा गाजा थप अराजकतामा फस्नेछ र त्यसपछिका मानवीय प्रयासले त्यसलाई सम्बोधन गर्न निकै कठिन हुनेछ।

इजरायलले गाजा पट्टीमा रहेका २४ लाख प्यालेस्टिनीहरूका लागि आवश्यक अन्तर्राष्ट्रिय सहायताको सबै प्रवाहलाई कडाईका साथ नियन्त्रण गरेको छ। नाकाबन्दी सुरु भएदेखि नै संयुक्त राष्ट्रसंघले बारम्बार मानवीय विपत्तिको चेतावनी दिँदै आएको छ र फेरि भोकमरीको संघारमा पुगेको बताएको छ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले एक साताअघि आफ्नो ‘अन्तिम बाँकी रहेको खाद्यान्न’ गाजावासीका लागि वितरण गरेको बताएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *