चीनका विदेशमन्त्री र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच छलफल
काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले शनिबार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग फोनमा कुराकानी गरेका छन्।
चीनको विदेश मन्त्रालयले दुई जना बीचको कुराकानीको जानकारीमा एक विज्ञप्ति जारी गरेको छ।
जारी विज्ञप्तिमा भनिएको छ, “मे १०, २०२५ मा, चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा केन्द्रीय विदेश मामिला कार्यालयका निर्देशक वाङ यीले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग फोनमा कुराकानी गरे।”
“डोभालले भने – पहलगाममा भएको आतंकवादी आक्रमणले भारतीयहरूमा गम्भीर क्षति पुर्याएको छ, जसले गर्दा भारतले कडा आतंकवाद विरोधी कदम चाल्न बाध्य भएको छ। युद्ध भारतको रोजाइ होइन र यो कुनै पनि पक्षको हितमा छैन। भारत र पाकिस्तान युद्धविरामको लागि प्रतिबद्ध छन् र चाँडै क्षेत्रीय शान्ति र स्थिरता पुनर्स्थापित गर्न काम गरिरहेका छन्।”
वाङ यीले चीनको तर्फबाट पहलगाम आक्रमणको निन्दा गर्दै चीनले सबै प्रकारका आतंकवादको विरोध गर्ने बताए।
उनले आजको विश्वको अवस्था धेरै कठिन रहेको र एसियामा शान्ति कायम राख्नु धेरै महत्त्वपूर्ण भएको बताए।
वाङ यीले भारत र पाकिस्तान अविभाज्य छिमेकी हुन् र दुवै चीनका छिमेकी पनि हुन् र चीनले युद्ध नचाहेको भारतको अडानलाई कदर गर्छ भने।
यस कथन अनुसार, चीन चाहन्छ कि भारत र पाकिस्तान वार्ताको माध्यमबाट स्थायी शान्तितर्फ सँगै अघि बढून्, किनकि यो दुवै देश र विश्वको हितमा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment