देशको इतिहासतिर फर्केर हेर्दा

प्रेमप्रसाद ढकाल
६ जेठ २०८२ ७:३०

देवभूमि हो नेपाल। यस भूमिमा दृष्य अदृष्य रुपमा सम्पूर्ण देवीदेवताहरुको उपस्थिति छ। वेदव्यास, अष्टवक्रा, कपिलमूनी लगायतका ऋषिमहर्षिहरुको जन्मभूमि हो यो। विदेय जनक र छोरी जानकीको महत्व र महिमाले भिजेको र हजारौँ साधकहरुको साधना र तपस्याको तपोभूमि, ज्ञानभमि हो नेपाल।

यो तथ्यलाई अगाडि राखेर नेपालको इतिहासलाई अध्ययन गर्ने हो भने हामीसँग संसारलाई नेतृत्व गर्नसक्ने हाम्रो आफ्नै वैदिक ज्ञान तथा हिमाली प्राचीन सभ्यता छ। गुरु गोरखनाथबाट दीक्षा पाएका हाम्रा पूर्खाको पौरखले सिर्जना भएको यस भूमिमा गोरखनाथको विशेष महत्व भएकोले गोरखनाथ र गोरखकालीको पूजा हाम्रो सनातन प्राचीन सँस्कृति हो।

हाम्रा ऋषिमुनीहरुले यही नेपाल भूमिमा बसेर तपस्या गर्दा अमेरिका जन्मेकै थिएन। युरोप अन्धकारमै रुमलिरहेको थियो। विश्वको यस्तो विषम परिस्थितिमा पृथ्वीनारायण शाहले एकीकृत नेपालको जग हाले र विभिन्न क्षेत्रमा छरिएर रहेका टुक्रे राज्यहरुलाई व्यवस्थित गरेर विशाल नेपालको एकीकरण गरे। देश बुभ्mन इतिहास बुझ्नु पर्छ। नेपालको इतिहास बुझ्न हामीले पनि उनको यो नेपाल एकीकरण अभियानका गुदी कुरा खातल्नै पर्छ।

तत् समय विश्वको नेतृत्व कौशलमा तुलना गर्नलायक अरु कोही पनि नभएका एकल व्यक्ति थिए पृथ्वीनारायण शाह। उनी नेपाली क्षितिजका जाज्वल्यमान तारा हुन्। उनको ज्ञान, बुद्धि, विवेक र दूरदर्शीताको कुनै सीमा थिएन।

भूगोको धरातलीय यथार्थ दैनिक व्यवहार र अनुभवबाट सिकेर, बुझेर त्यसको सार खिचेको वस्तुवादी र यथार्थवादी विचारको बलमा उनले आफ्नो अभियान छेडेका थिए।

कलिलो उमेमै राजा बनेका उनले आफ्नो कुटनीतिक ज्ञान र बहादुर नेपालीहरुको साथसहयोगले उनी तत् समयको शक्तिशाली वृटिस साम्राज्यको विस्तारवादी नीतिबाट देशको सार्वभौमिकतालाई बचाउन सफल भए।

बृटिसका सारा योजना बुझेर त्यसलाई प्रतिरोध गर्नसक्ने वैचारिक र सामरिक क्षमता उनीसँग थियो। अंग्रेजले न उनलाई कुनै पनि युद्धमा हराउन सके न उनीसँग बदला लिन नै सके। त्यो बेलादेखि नै बदला लिन तम्सिएका अंग्रेजहरु अहिले पनि बदला लिन खोजिरहेका छन्।

यसका लागि पश्चिमा साम्राज्यवादीहरुले छोडेका केही चमेराहरु पृथ्वीनारायण शाहको नीतिको विरोध गर्ने काममा यहाँ खटाइएका छन्। उनीहरु पृथ्वीनारायण शाहको विरोध गर्छन्। उनलाई ती साम्राज्यवादी देख्छन्। यसको प्रतिरोध गर्न हामी चुक्नु हुन्न।

जुनजुन ठाउँमा राजा पुग्छन् त्यहाँ के नेवा, के बाहुन, के क्षेत्री, के मधेशी, के थारु, के दलित, के मुस्लिम, के किराँत के अन्य जाति जोसुकैका बीच जहाँसुकै किन नहोस् राजाको स्वीकार्यता अहिले पनि उत्तिकै छ। राष्ट्रिय एकताको यस्तो प्रतीक सायद दुनियाँमा विरलै होला।

भ्रष्टतन्त्रविराधी, स्वाधीन, स्वच्छ, सम्पन्न, स्वतन्त्र, स्वदेशवादी अर्थतन्त्र र सामाजिक न्ययमा आधारित राष्ट्रिय एकता असल र योग्य नेतृत्वले मात्र पूरा गर्नसक्छ। समाजमा व्याप्त विकृति, विसंगति, भ्रष्टाचार, द्वन्द्व , हिंसा र अन्यायलाई परास्त नगरी सम्पन्न र गौरवशाली राष्ट्रलाई विश्वमा खडा गर्न सकिन्न भन्ने उनको दृष्टिकोण थियो।

हामीले पृथ्वीनारायण शाहका यिनै विचार र दृष्टिकोणलाई संसारभर फैलाउनुपर्छ। पृथ्वीनारायण शाहको विचार र उनको राष्ट्रिय एकीकरणको अभियानलाई सङ्कीर्ण र पूर्वाग्रही आँखाले हेर्न हुन्न।

पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, नेता र राजा यी तीनै शक्तिका त्रिवेणी हुन्। उनको तत् समयका ती आदिम विचार, सिद्धान्त र उनको दिव्य उपदेशलाई समेटेर पृथ्वी विचारका रुपमा समेटेर यसलाई हामीले विश्वमा किन नलैजाने? हामीले यसमा गम्भीर चिन्तन गर्नैपर्छ।

पृथ्वीनारायण शाहसँग राजा र राजपरम्परा मात्र जोडिएको छैन, नेपालको इतिहास जोडिएको छ। आधुनिक नेपालको इतिहास उनकै विरताको इतिहास हो।

योसँगै यहाँ हाम्रो जातजाती भेषभुषा र भाषा, कला, धर्मसंस्कृति र आआफ्ना अनुकरणीय सनातन परम्परा पनि जोडिँदै आएर हाम्रो विविधतामा आधारित एकताको पहिचान बनेको छ। यही पहिचान र हाम्रो यो इतिहास मेट्न अहिले विश्व साम्राज्वादका केही दूतहरु यो वा त्यो वहानामा भरमग्दुर कोशिस गरिहेका छन्। उनिहरुको उद्देश्य अरु केही नभएर यहाँ केही दासहरु तयार गरी हाम्रो इतिहास खतम पार्नु र पहिचान मेटाउनु हो। यो कुरा हामीले गम्भीर रुपले बुझ्नुपर्दछ।

पृथ्वीनारयण शाहको एकीकरण अभियानले समेटेको भूमि र उनको शेषपछिका नायव बहादुरशाहकोे विस्तार अभियानबाट जोडिएको हाम्रो ग्रेटर नपालकोे भूगोल हाम्रो गौरवको इतिहास हो।

तर पछिका कमजोर शासक, अदूरदर्शी चिन्तन र अपरिपक्क नेतृत्वका कारण सामा्रज्यवादका विरुद्ध डटेर हामीले आफ्नो अधीनका सबै भूमि जोगाउन सकेनौं तर जति जोगायौं स्वाभिमानपूर्वक जोगायौं। यो हाम्रो गर्वको विषय हो। तर गुमेका भूमि फिर्ता ल्याउन सकिने आधार र प्रमाण भए त्यो कोशिश हामीले अझै किन नगर्ने? त्यो पनि सोचौं।

पृथ्वीनारायण शाहपछि नवौ पुस्ताका राजा महेन्द्र वीरविक्रम शाह अर्का कालजयी राजा हुन्। उनले देशको इतिहास, पूर्खाले नेपालको एकीकरणमा पुर्याएको योगदान, वीर सपुतहरुको बलिदान, राष्ट्रको स्वतन्त्रता, स्वाभिमान र सार्वभौमिकतालाई राम्ररी बुझेका थिए।

उनले इतिहासको त्यही सत्यधारमा टेकेर राज्य सञ्चालन गर्ने नीति अघि बढाए। उनको समयमा देशमा भर्खरै बदलिएको राजनीतिक अवस्था, देशको भूराजनीति र अन्तराष्ट्रिय परिस्थिति आदि कारणले देश अत्यन्तै कठीन अवस्थामा थियो।

यस्तो जर्जर अवस्थामा उनले वैदेशिक हस्तक्षेपका विरुद्ध स्वघोषित नीति अपनाएर देशको राजनीतिलाई आफ्नो हातमा लिइ पञ्चायती व्यवस्थाको स्थापना गरेर विकास र निर्माणका कामलाई तिब्रता दिए।

उनको शासनकालमा भृकुटी कागज कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, गोरखाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, हेटौडा कपडा उद्योग लगायतका विशाल उद्योग स्थापना गरी वस्तुको उत्पादन र रोजगारीलाई सँगै अगाडि बढाइयो।

राजा महेन्द्रको यो राष्टवादी चिन्तन, विकासवादी अवधारणा र भूराजनीतिको गहिरो अध्ययनले छोटो समयमै देशले उल्लेखनीय प्रगति गर्यो। विभिन्न जातजाति र भाषाभाषीहरुको सम्मिश्रण गराएर बसोबासको व्यवस्था मिलाइयो। सीमानाको सुरक्षार्थ विशेष पहल गरियो।

नागरिक चेतनाका लागि शिक्षण संस्थाहरुको विस्तार गरियो। उत्पादनमा जोड दिइयो। आत्मानिर्भर अर्थतन्त्रको शुरुवात भयो। रोजगारीमा वृद्धि गरियो। विभिन्न राष्टहरुसँग कूटनीतिक सम्बन्ध बढाइ उनीहरुसँग मैत्रिपूर्ण विश्वसनीयता कायम गरियो।

दक्ष, योग्य मानिसहरुलाई खोजिखोजी ल्याएर राज्यको विशेष जिम्मेवारी दिइयो। ठूला राजमार्गदेखि भित्री बाटाहरु निर्माण गरी आवतजावतमा भूगोलको जटिलतालाई कम गराइयो। महेन्द्रकालको दशवर्षे शासन व्यवस्था देशको विकास र निर्माणको स्वर्णिम युग थियो। यसलाई कसैले पनि नजरअन्दाज गर्न मिल्दैन।

२०२८ पछि राजगद्धीमा चढेका राजा वीरेन्द्रले महेन्द्रकै पथ डोहोर्याएर अघि बढे। उनी पनि शालिन भद्र र विकासप्रेमी राजा थिए। नेपाललाई शान्तिक्षेत्र घोषणा गराउन र सार्क संगठन स्थापना गर्नमा उनको महत्वपूर्ण यगदान रह्यो।

जनतासँग घनिष्ट सम्बन्ध बनाएका राजा वीरेन्द्र जनप्रेमी राजा भएकोले जनताकै चाहना अनुरुप २०४६ सालमा एकदलीय व्यवस्थालाई हटाएर बहुदलीय व्यवस्था कायम गरी आफू संवैधानिक राजा भएर बस्न राजी भए। नेतृत्वबाट राजा हटिसकेपछि देशको कार्यकारी प्रमुखमा जनताबाट चुनिएर आएका प्रतिनिधिहरु वहाल भए।

नेता र राजनीतिक पार्टीहरुको वाहुल्यता रहेको त्यो व्यवस्थाले भइरहेका कामहरुलाई व्यवस्थित गरी दीर्घकालीन नयाँ योजनाहरु अघि सार्न सकेन। स्वदेशी उद्योगधन्दाहरुलाई भद्रगोल बनाएर परनिर्भर अर्थतन्त्रलाई वढावा दिने गरी खुल्ला उदार अर्थव्यवस्था लागू गरियो।

राज्यका सबै निकायहरु दलाल र पूँजीपतिको हातमा गए। विदेशी हस्तक्षेप डरलाग्दो रुपमा बढ्यो। नेताहरु विदेशीको इशारामा नाच्ने भए। उनिहरुमा व्यक्तिगत स्वार्थ हावी भो।

सरकारका सबै निकायलाई पङ्गु बनाएर रजगज गर्न खाजिरहेका स्वदेशी र विदेशी दलालहरुका लागि संवैधानिक दायरामा रहेका राजा वीरेन्द्र वाधक बनिरहेको महशुस उनीहरुले गर्न पुगे। देशीविदेशी गिरोहको कब्जामा पारेर २०५८ सालमा राजा वीरेन्द्र, रानी ऐश्वर्यको हत्यासँगै उनको वंश नै समाप्त पारियो। राजनीति भयंकर डरलाग्दो अस्थिरतामा प्रवेश गर्‍याे।

देशको दुर्दशा पनि त्यहीँबाट सुरु भयो। विरेन्द्रको वंश विनासपछि राजा बनेका ज्ञानेन्द्र शाहले राजनीति संहाल्न कोशिश त गरे तर उनी सफल भएनन्। उनी देशीविदेशी दलालहरुको कब्जामा रुमल्लिएको अस्थिर राजनीतिको शिकार बने।

जोखिमपूर्ण कदम उठाएर जनतालाई दुःख दिनुभन्दा जनताको नासो जनतालाई नै जिम्मा दिनु उचित लागेर उनले राजगद्धी छोड्ने निर्णय लिए। राजसंस्थाको बहिरर्गमनपछि देश कालरात्रीमा प्रवेश गर्यो। त्यसैको परिणाम आज प्रत्यक्ष अप्रत्यक्ष हामी भोगिरहेका छौँ।

राजा राजसंस्थको वहिर्गमन भएको यति लामो समय वितिसक्दा पनि परिवर्तित व्यवस्था र तिनका नेताप्रति जनता खुशी छैनन्। उनिहरुको कामप्रति जनता सन्तुष्ट छैनन्। हिँजो राजाले शाशन गरेका कुनै पनि कालखण्डको अवस्थालाई विश्लेषण गर्ने हो भने जनताको यति चरम असन्तुष्टि कहीँ पाईँदैन।

शाहवंशीय राजा, नेपाली सेना, नेपाल प्रहरी र वीर नेपाली नागरिकले बनाएको र जोगाएको देश हो यो। देशमा आइपर्ने राजनीतिक, प्राकृतिक र दैविक संकटबाट बचाउने जिम्मेवारी पनि यिनै शक्तिलाई छ।

राजाप्रति जनताको यही झुकाव फेरिएकपटक उजागर हुन थालेको छ। समाजको विभिन्न वर्ग, तह र जनतामाझ राजाको लोकप्रीयता अहिले झनझन बढ्दै गएको छ। जुनजुन ठाउँमा राजा पुग्छन् त्यहाँ के नेवा, के बाहुन, के क्षेत्री, के मधेशी, के थारु, के दलित, के मुस्लिम, के किराँत के अन्य जाति जोसुकैका बीच जहाँसुकै किन नहोस् राजाको स्वीकार्यता अहिले पनि उत्तिकै छ।

राष्ट्रिय एकताको यस्तो प्रतीक सायद दुनियाँमा विरलै होला। राजा र राजसंस्थालाई न्युनिकरण गरेर अब यो मुलुकको भलो हुँदैन भन्ने कुरा जनताको त्यो अभिमतले प्रष्ट पारिसक्यो।

धर्म, न्याय र सत्यले आर्जन गरेको सत्ता दिगो हुन्छ। द्रब्य शाहदेखि यता राजा ज्ञानेन्द्र शाहसम्म आएर टुटेको राजसत्तालाई फेरि जेड्न गोरखकालीको पूजा गर्नुपर्दछ भन्ने गोरखनाथको सल्लाहलाई मनन गदै राजाले अब जनतालाई हात दिएर, जनतालाई साथ लिएर, जनताकै लागि यो देशको जिममेवारी र नेतृत्व लिन ढिला गर्नु हुँदैन।

देश बनाउन देश बनाउने नै विचार र मान्छे चाहिन्छ। फराकिलो विचार र दृष्टिकोणसहितको योजना चाहिन्छ। राजनीतिक क्षितिजमा उठ्ने पेचिला प्रश्नहरुको सामना गर्न उच्च तहको वौद्धिक क्षमता भएका दुईचार जना मानिस भए पुग्छ।

कसैको भक्ति गाउने भजनमण्डलीहरुबाट अब देश चल्दैन। शाहवंशीय राजा, नेपाली सेना, नेपाल प्रहरी र वीर नेपाली नागरिकले बनाएको र जोगाएको देश हो यो। देशमा आइपर्ने राजनीतिक, प्राकृतिक र दैविक संकटबाट बचाउने जिम्मेवारी पनि यिनै शक्तिलाई छ। मौकापरस्त स्वार्थी भिजिलान्तेहरुबाट न देश बच्छ न विकास हुन्छ। सम्बन्धितहरुले आफ्नो यो जिम्मेवारी बुझ्न अब ढिला नगरुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *