राम्रो व्यक्ति व्यक्ति गभर्नर हुनेमा ढुंक भए पनि अहिले गडबड भइरहेको छ : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका व्यक्त गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कोइरालाले गत महिना मात्रै करिव २ खर्व रेमिट्यान्स भित्रिएको तथ्याङ्क रहेको र बैदेशिक रोजगारमा जाने व्यक्तिले पठाउदा पनि उक्त रेमिट्यान्स सम्भव नदेखिएको भन्दै रेमिट्यान्सका नाममा अवैध पैसा नेपालमा भित्रिरहेको आशंका व्यक्त गरेका हुन्।
यहि कारण राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भएको हुन सक्ने उनको भनाइ छ। कोइरालाले सभापतिसंग कुरा गर्दा राम्रै मान्छे गभर्नर नियुक्ति हुने जानकारी गराएकाले आफू ढुक्क रहे पनि देशमा कतै गडबड त भइरहेको छैन भन्ने चिन्ता भने रहेको उल्लेख गरे।
उनले संविधानमा गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नुपर्ने उल्लेख रहे पनि अहिले गभर्नरको विषयमा संविधानलाई मिच्ने काम भएको बताए। त्यस्तै कोइरालाले सुशासन र भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा देशमा दण्डहीनता बढ्दै गएकाले जनतामा असन्तुष्टि देखिएको बताए।
उनले पैसाको लेनदेन गर्ने व्यक्ति जेल जाने र पैसा लिने प्रदेशको सांसदले उन्मुक्ति पाउनु दण्डहिनताको पराकाष्ट भएको जिकिर गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment