कतारको पार्कहरुमा ढकमक्क गुलमोहर
कतार। यतिबेला मौसामी फूल गोलैँची र गुलमोहरले कतारको पार्कहरुको शोभा बढाइरहेका छन्।
आन्तरिक र बाह्य पर्यटकहरु फूलसंग फोटो खिच्नलाई अलविदा पार्क, एसी पार्क र मिया पार्कहरुमा फूलहरुसँग रमाइ रहेका देखिन्छन्।
वसन्त ऋतुमा फुलेका गुलमोहर र ज्याकारान्डा फूलहरूले सबैलाई मोहित पार्छन्। पहेँलो ,रातो , पर्पल र निलो फूलको रंगहरुले प्रकृतिको सौन्दर्य मात्र बढाउँदैन, आयुर्वेद अनुसार यसलाई पवित्र र स्वस्थ वनस्पतिको रूपमा पनि मानिन्छ।
गुलमोहर फूल मात्र होइन, यो जडिबुटी युक्त वनस्पति भएकाले यसमा स्वास्थ्यको संसार छ, ल्युकोरिया, गठिया जस्ता रोगहरूको उपचार पनि हुने बुझाइ छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment