प्रधानमन्त्री एकाएक किन हौसिए?

डिसी नेपाल
९ जेठ २०८२ ७:१६

काठमाडौं । निर्यातमा झण्डै ७३ प्रतिशतको वृद्धि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली दंग पाइएको छ । उनले सामाजिक सञ्जालमा ‘इतिहास रचेको र नेपाली उत्पादन विदेशतिर’ भन्दै प्रचारसमेत गरेका छन् । मुलुकको अर्थतन्त्र ‘सकारात्मक बाटोमा लैजाँदै गरेको’ उनको जिकिर छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् बिहीबार प्रधानमन्त्रीले ‘बितेका १० महिनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको’ उल्लेख गर्दै ‘मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा डोहोरिरहेको’ बताएका छन् । ‘मेड इन नेपाल मेड फर वल्र्ड’ भनेर प्रचार गरे पनि नेपालको निर्यात व्यापार भने उनले भनेजस्तो सन्तोषजनक भने छैन । निर्यात व्यापार बढे पनि व्यापार घाटा उस्तै छ ।

नेपालले १० महिनामा २ खर्ब १८ अर्ब रुपैयाँको निर्यात गरेका अधिकांश सामग्री नेपाली उत्पादन नभइ नेपालमा प्रशोधनमात्र गरेको हुँदा सन्तोष मान्न नसकिने बुझाइ अर्थविद्हरूको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आवको तुलनामा निर्यात ७२.७१ प्रतिशतले निर्यात बढेको छ ।

विभागको तथ्यांकअनुसार वैशाखसम्म २ खर्ब १७ अर्ब ९१ करोड रूपैयाँको वस्तु निर्यात भएको छ । यो वर्ष पोहोरको सोही अवधिको तुलनामा करिब ९१ अर्ब रूपैयाँले बढेको छ । गत आव २०८०–८१ मा १ खर्ब ५२ अर्ब रुपैयाँको मात्र वस्तु निर्यात भएको थियो भने आव २०७९–८० मा १ खर्ब ५७ अर्ब रुपैयाँको निर्यात भएको थियो ।

चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्मममा सोयाबिन तेल निर्यात ह्वात्तै बढेका कारण व्यापारमा उल्लेखनीय वृद्धि भएको देखिएको हो । १० महिनामा ७८ अर्ब ७५ करोड रूपैयाँ मूल्यको सोयाबिन तेल निर्यात भएको छ । जबकि यही अवधिमा वनस्पति तेल र यसको कच्चा पदार्थ आयातमात्रै १ खर्ब २० अर्ब रूपैयाँ हाराहारी छ ।

१० महिनामा १० अर्ब ९ करोड रूपैयाँको सनफ्लावर तेल निर्यात भएको छ । यसैगरी, ८ अर्ब ८४ करोड रूपैयाँको कार्पेट, ६ अर्ब ६७ करोड रूपैयाँको अलैंची, ४३ अर्ब ७९ करोड रूपैयाँको स्टिल निर्यात भएको छ । ४ अर्ब ५५ करोडको जुट, ४ अर्ब ५२ करोडको जुस, ४ अर्ब ४४ करोडको धागोलगायत वस्तु निर्यात भएको छ । चालू आर्थिक वर्ष २०८१–८२ को १० महिनामा साढे दुई अर्बको सिमेन्ट निर्यात भएको छ ।

विभागका अनुसार २०८२ वैशाख मसान्तसम्म २ अर्ब ४१ करोड ८८ लाख ७५ हजार रुपैयाँको सिमेन्ट तथा सिमेन्ट क्लिंकर भारतमा निर्यात भएको छ । यसमध्ये ६४ करोड ९२ लाख १९ हजार रुपैयाँको ४ लाख ८१ हजार ९२५ मेट्रिक टन सिमेन्ट क्लिंकर र १ अर्ब ७६ करोड ९६ लाख ५६ हजार रुपैयाँको सिमेन्ट निर्यात भएको छ । भन्सारको तथ्यांक आधार मान्ने हो भने अलै ंची र सिमेन्टबाहेक अन्य निर्यात नेपाली उत्पादन होइनन् ।

सनफ्लावर, भटमासको तेल, गलै ंचा, स्टिललगायत कच्चा सामग्री आयात गरेर प्रशोधन गरी विदेश निर्यात भएकाले यो व्यापार दिगो नहुने ठम्याइ जानकारको छ । यद्यपि, यो निर्यात रकम हालसम्मकै धेरै हो । आर्थिक वर्ष २०७८–७९ मा पहिलोपटक २ खर्ब ३ करोडको वस्तु निर्यात भएको थियो । अहिले निर्यात २ खर्ब १७ अर्ब रुपैयाँ बढ्नुको पहिलो कारण खानेतेल निर्यात बढ्नु हो ।

निर्यात भएका वस्तुमध्ये खानेतेलको हिस्सा ४१ प्रतिशत छ । सो अवधिमा ८८ अर्ब ८७ करोड रुपैयाँको खानेतेल निर्यात भएको छ । नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन भएका वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश पाउने भएकाले व्यवसायीले कच्चा तेल आयात र प्रशोधन गरेर भारत पठाउने गर्दछन् । विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै सोयाबिन तेल ७८ अर्ब ७५ करोड, सनफ्लावर तेल १० अर्ब ९ करोडको निर्यात भएको छ ।

प्रधानमन्त्रीले ‘मेड इन नेपाल मेड फर वल्र्ड’ भनेर प्रचार गरे पनि नेपालको निर्यात व्यापार भने सन्तोषजनक छैन । निर्यात व्यापार बढे पनि व्यापार घाटा उस्तै छ

पामतेल निर्यात ३ करोड रुपैयाँ पुगेको छ । खानेतेलको कच्चापदार्थ अमेरिका, अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया, थाइल्यान्डबाट आयात हुँदै आएको छ । १० महिनामा आयात व्यापारमा खानेतेल (कच्चा)को हिस्सा साढे ७ प्रतिशत छ । चालू आर्थिक वर्षको १० महिनामा १४ खर्ब ७४ अर्ब १८ करोडको वस्तु आयात भएको छ । आयातीत वस्तुमध्ये खानेतेलको कच्चापदार्थ १ खर्ब ११ अर्ब १३ करोडको आयात भएको छ ।

जसमध्ये सोयाबिनको कच्चा तेल ८१ अर्ब ८९ करोड, सनफ्लावारको कच्चा तेल २४ अर्ब ६४ करोड रुपैयाँको र पामतेलको कच्चा तेल ४ अर्ब ६० करोड रुपैयाँको आयात भएको छ । भन्सार सहुलियतसँगै भारतमा निर्यात गर्दा अग्रिम भुक्तानी पाउने भएकाले उद्योगी पनि उत्साहित छन् ।

चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा १४ खर्ब ७४ अर्ब १८ करोडको वस्तु आयात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिभन्दा १३.११ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोडको वस्तु आयात भएको विभागले जनाएको छ । आयातमध्ये पहिलो नम्बरमा डिजेल १ खर्ब २ अर्ब ३८ करोडको आयात भएको छ । दोस्रोमा नम्बरमा भने सोयाबिन तेल कच्चा पदार्थ नै रहेको छ ।

यस अवधिमा पेट्रोल ५३ अर्ब ५ करोडको, खाना पकाउने एलपी ग्यास ५१ अर्ब ८१ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

त्यस्तै, ४१ अर्ब ४९ करोडको आइरन, २८ अर्ब ७६ करोडको स्मार्टफोन, २८ अर्ब ७५ करोडको स्टिल आइरन, २४ अर्ब ६४ करोडको सनफ्लावर तेलको कच्चा पदार्थ, १८ अर्ब ९५ करोडको धान, १७ अर्ब १२ करोडको सुन, १६ अर्ब १४ करोडको हवाई इन्धन, १४ अर्ब ९७ करोडको मकैलगायत वस्तु आयात भएको छ ।

चालू आर्थिक वर्ष २०८१–८२ को १० महिनामा झण्डै १० हजार विद्युतीय कार, जीप तथा भ्यान (ईभी) आयात भएको छ । चालू आर्थिक वर्ष (आव)को वैशाख मसान्तसम्म नेपालमा ९ हजार ८५९ वटा चारपांग्र े ईभी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालले यस अवधिमा आयात गरेका ईभीको मूल्य २३ अर्ब १० करोड ५७ लाख रुपैयाँ छ ।

ईभी आयातबाट सरकारलाई १० महिनामा १४ अर्ब २५ करोड ११ लाख रुपैयाँ राजस्व आएको छ । सरकारले सन् २०३५ सम्म ९५ प्रतिशत विद्युतीय निजी सवारी पु-याउने लक्ष्य राखेको छ । जेठ लागेपछि व्यवसायीले ईभी छुटाउने क्रम पनि बढाएको छ ।

वैशाखमा २३ सय युनिट विद्युतीय चार पांग्रे गाडी ल्याएका व्यवसायीले जेठ लागेपछि ६ दिनमा १३ सय ६२ युनिट ईभी भन्सारबाट छुटाएका हुन् । भन्सार विभागको तथ्यांकअनुसार बोइलर मेसिन १ खर्ब रुपैयाँ, सवारीसाधन तथा पार्टपुर्जा ८२ अर्ब २४ करोड रुपैयाँ, प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्री ५४ अर्ब ३२ करोड रुपैयाँको आयात भएको छ ।

त्यस्तै, मोती ५२ अर्ब ६१ करोड, कपडा ३६ अर्ब ११ करोड रुपैयाँ, फार्माटिकल प्रोडक्ट ३५ अर्ब ५५ करोड रुपैयाँको आयात भएको छ । तरकारीमात्रै ३३ अर्ब ९६ करोडको आयात भएको छ । यसैगरी, बहुमूल्य पत्थर ३१ अर्ब ४ करोड रुपैयाँ, तेलजन्य बिउ २४ अर्ब

६७ करोड रुपैयाँ, रासायनिक मल २४ अर्ब ३२ करोडको आयात भएको छ । १० महिनामा फलफूलमात्रै २१ अर्ब १८ करोड रुपैयाँको र खाद्यान्न २२ अर्ब १५ करोड रुपैयाँको आयत भएको छ । त्यस्तै, एलपी ग्यास ५१ अर्ब ८१ करोड रुपैयाँबराबरको ४५ करोड ६८ लाख ८० हजार ९३७ केजी आयात भएको छ ।

चालू आर्थिक वर्षको १० महिनामा १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ, जुन गत वर्षको तुलनामा १८.३७ प्रतिशतले बढेको छ । वैशाख मसान्तसम्म १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ व्यापार घाटा पुगेको छ ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *