मोबाइलमा वाइफाइ कनेक्ट हुँदा ब्वायफ्रेण्डले गरे ब्रेकअप !

डिसी नेपाल
१२ जेठ २०८२ १४:३०
1.6k
Shares

काठमाडौं । दक्षिण-पश्चिमी चीनको चोङकिङबाट एउटा अनौठो घटना प्रकाशमा आएको छ। यहाँ एक प्रेमीले आफ्नी प्रेमिकाको फोन स्वचालित रूपमा होटलको वाइफाइमा कनेक्ट भएका कारण ब्रेकअप गरेका छन् । फोनमा वाइफाइ कनेक्सन देखेपछि प्रेमीले केटीलाई धोकेबाज भने र उनीसँगको सम्बन्ध अन्त्य गरिदिए।

ली नामकी एक महिला आफ्नो प्रेमीसँग श्रम दिवसमा बिदा मनाउन होटलमा गएकी थिइन्। दुवै जना होटलमा चेक इन गर्ने बित्तिकै केटीको फोन स्वतः वाइफाइमा जडान भयो। साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार फोन स्वचालित रूपमा होटलको वाइफाइमा जडान भएका कारण विश्वासघातको शंका बढेको थियो।

चोङकिङ टिभीले सुरुमा प्रसारण गरेको रिपोर्ट अनुसार लीको फोन स्वचालित रूपमा होटलको वाइफाइमा जडान हुँदा उनीहरू पहिलो पटक सँगै होटलमा गएका थिए । लीले आफ्नो परिचयपत्र बिर्सिएकी थिइन् र आफ्नो डिजिटल पहिचान फिर्ता पाउन खोजिरहेकी थिइन्। उनी होटलको रिसेप्शन डेस्कमा उभिरहेका बेला उनको स्मार्टफोन स्वतः वाइफाइमा जडान भयो।

उनको प्रेमीले यो कुरा तुरुन्तै ख्याल गरे । दुवै जना स्थानीय बासिन्दा भएकाले प्रेमीले आफ्नी प्रेमिकालाई उनी पहिले अरु कसैसँग यो होटलमा आएकी थिइन् ? भनेर सोधे । लीले उनी यो होटलमा पहिलो पटक आएको बताइन् । उनको फोन कसरी वाइफाइमा कनेक्ट भयो भन्ने आफूलाई पनि थाहा नभएको लीले बताइन् ।

तर, उनको प्रेमीले उनीमाथि शंका गर्न थाले र उनले धोका दिइरहेको विश्वास गर्दै उनीसँग सम्बन्ध विच्छेद गरे। लीले यो कुरा चोङकिङ टिभीमार्फत सार्वजनिक गरेकी हुन् । लीका अनुसार उनले पहिले अर्को होटलमा काम गरेकी थिइन् र त्यहाँ पनि यही वाइफाइ नाम र पासवर्ड थियो । उही नाम र पासवर्ड भएका कारण वाइफाइ अटो कनेक्ट भएको लीको तर्क छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *