विश्वकै पहिलो प्रेम सम्बन्ध बीमा योजना सार्वजनिक, ५ वर्ष टिके १० गुणा पैसा पाइने

डिसी नेपाल
१४ जेठ २०८२ १२:२५

काठमाडौं । अब प्रेम सम्बन्धको पनि बिमा गर्न पाइने भएको छ । जिकीलभ नामक एक वेबसाइटले यो योजना सार्वजनिक गरेको हो । यो योजनामा निकै आकर्षक अफरहरु प्रस्ताव गरिएको छ ।

यो योजनाको बारेमा जानकारी दिनका लागि गरिएको सामाजिक संजाल पोस्ट पनि भाइरल भएको छ । पोस्टमा भनिएको छ ‘यदि तपाइँले आफूले साँचो माया पाएँ भन्ने लाग्छ भने ५ वर्षसम्म हरेक वर्ष निश्चित रकम लगानी गर्नुहोस् । यदि तपाइँको सम्बन्ध विवाहमा पुगेर टुंगियो भने हामी तपाइँलाई लगानीको १० गुणा प्रतिफल दिनेछौं ।’

तर, यदि ५ वर्षको अवधिमा जोडीको सम्बन्ध टुट्यो भने उनीहरुले केही पनि पाउने छैनन् । कम्पनीका अनुसार जिकीलभ एपले विभिन्न तथ्यांकको आधारमा सम्बन्धको वफादारिताबारे पूर्वानुमान पनि गर्न सक्छ । उनीहरुले यो बिमा सम्बन्धको दिगोपनाका लागि क्रान्तिकारी कदम हुने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *