काठमाडौंमा एमाले कुर्लिँदा कांग्रेस र माओवादीको मौनता रहस्यमयी

काठमाडौं। गत साता प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा आलीले अपाच्य वाक्य बोले। उनले एमालेले काठमाडौं कब्जा गर्ने बताए।
राजावादीहरुले जेठ १५ गते काठमाडौंमा राजा ल्याउने आन्दोलन गर्ने सन्दर्भलाई चुनौती दिँदै उनले आफ्ना एमाले कार्यकर्तालाई काठमाडौँ कब्जा गर्न निर्देशन दिए। ‘कब्जा’ भन्ने शब्द आफैंमा गलत हो। आफ्नो देश कसैले कब्जा गर्दैन।
विदेशीलेमात्र कब्जा गर्ने हो। यो अर्थमा केपी ओली नेपाली हैनन् भन्ने अर्थ लाग्छ। वा उनी विदशीको इशारामा बोलिरहेका छन् भन्ने अर्थ लाग्छ। आज राजावादीका लागि ओलीले यसो बोल्दा भोलि आफूहरुलाई पनि त लागू होला कि भनेर अरु दलले सोचेनन्।
नेपाली कांग्रेस र माओवादी केन्द्रले त बोल्ने कुनै जरुरी नै ठानेनन्। आज राजावादी रोक्दा भोलि हाम्रो पनि पालो आउन सक्छ कि भनेर उनीहरुले कुनै ख्याल गरेनन्। कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको भाषा चयन गलत भएको टिप्पणी गरे। अरुले त्यो पनि बोलेनन्।
विरोध हुने भएपछि एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले ओलीले एमालेको सांस्कृतिक कार्यक्रममा सहभागी हुन आग्रह गरेको भनेर अर्थ लगाए। तर जे भए पनि उनले कटु बोले। एमालेले सबै चिज कब्जा गर्ने भनेकै छन्। संसद विघटन गर्दा पनि त्यसै भन्थे।
अहिले पनि त्यसै भनिरहेका छन्। भोलि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नुपर्यो भने पनि त्यसै नै भन्ने छन्। ओली हुन्जेल मुलुक अशान्त छ र हन्छन। ओलीले प्रतिगामी तत्वहरू सक्रिय हुँदा देशको राजनीति अन्र्यालपूर्ण र अस्तव्यस्त बनेको टिप्पणीसमेत गर्न भ्याएका छन्।
ओलीले लोकतन्त्रवादी शक्तिहरू चुप लागेर बस्दा लोकतान्त्रिक प्रणालीविरुद्ध षड्यन्त्र भइरहेको बताए। पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै उनले जनताको अधिकारलाई तिलाञ्जली दिएर लाज नमानी जनतालाई रैती बनाउन केही मानिसहरू लागिपरेको आरोप लगाए।
ओलीले केही व्यक्तिहरू बिहान–बेलुकै पूर्वराजा शाहको वरपर घमिरहेको भन्दै ‘नागरिक सर्वोच्चता चाहिँदैन भनेर दलालीमा समर्पित केही मान्छेहरूले नागरिकमा असन्तुष्टि बढाएको’ दाबी गरे।
जनभावना साप्ताहिकबाट
Facebook Comment