प्रारम्भिक बालविकास शिक्षा सम्बन्धि दस्तावेजमा नै भ्रम छ : मन्त्री पन्त
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रारम्भिक बालविकास शिक्षा सम्बन्धि दस्तावेजमा नै भ्रम भएको बताएका छन्।
संघीय सांसदहरुको सहकार्य समन्वय समूहले शनिबार आयोजना गरेको प्रारम्भिक बालविकास सम्बन्धि परामर्श कार्यक्रममा बोल्दै उनले (इसिडि) प्रारम्भिक बालविकासलाई आधारभुत शिक्षासँग जोड्ने कि नजोड्ने भनी स्पष्ट नभएको बताएका हुन्।
‘हाम्रो शिक्षा सम्बन्धि डकुमेन्टमा भ्रम छ। शिक्षा नीतिमा के लेखेको छ भने एकदेखि आठ कक्षासम्म आधारभूत भनिएको छ। अर्को कुनै दस्तावेजमा हेर्नुहोस एक वर्ष इसिडिदेखी आठसम्म आधारभुत भनिएको छ त्यो पनि सरकारकै दस्तावेजमा। त्यसैले सबैभन्दा पहिला हामी स्पष्ट हुनुपर्छ इसीडी अथवा प्रारम्भिक बालविकासलाई औपचारिक शिक्षासँग जोड्ने कि नजोड्ने,’ उनले भने।
उनले नीतिगतरुपमा नै प्रारम्भिक बालविकासलाई विद्यालय शिक्षाबाट अलगै बनाइ छुट्टै विषयको रुपमा अगाडि बढाउनुपर्ने बताए।
उनले शिक्षा सम्बन्धि कानून बनाउँदा नेपाल सरकारको शिक्षा नीति र रणनीतिको आधारमा बनाउनुपर्ने बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment