कविता : बिषय प्रपञ्च मुक्त र प्रेमको सद्भाव
खुसी जसले खोज्छ उसले समाप्त्ति लिइ आउँछ
हाँसो जसले खोज्छ उसले बगैंचा लिइ आउँछ
जसले प्रेम खोज्छन् तन र मन लिई आउँछ
उसले आखिर जताततै आनन्द लिइ आउँछ।
न रात छ दिनमा न त दिन नै छ जीवनमा
प्रेमको शृंखलामा सबै समान छ यो जीवनमा
निक्कै भुले खुसीमा सम्पत्ती कमाइकन
निक्कै भुले हाँसोमा बगैंचा घुमिइकन।
तर प्रेमको टुसा पलाएन कहिल्यै मनमा
सधैं अधुरो र बिरानो जस्तो छ तनमहा
रुखो सुखो हुँदोरैछ जत्ति सम्पत्ति भएपनि
क्षणिक आनन्दमात्र हुँदोरैछ बगैंचामा घुमेपनि।
प्रेमको चक्रको वृत्त कहाँ छ त्यो घुमीरहेका
देखिन्न यो नयनलेमात्र बाहिर कहाँ छरिएको
तेस्रो नेत्र खोली हेर्दा सबै प्रेम मनभित्र रैछ
सूर्यको बलेको तेज जस्तो यही तन भित्र रैछ।
बलेको सूर्यको तेजमा चन्द्रको आभास खोज
शितल शान्त दया माया र प्रेमको ग्रन्थ खोज
यहीनै प्रेमको खोज जो यसमा बिलाउँछ
उसले प्रेमको ताज सजिलै शिरमा देख्न पाउँछ।
ताज त्यो शिरको पोश त्यो कत्ति झल्मलाउँछ
सारा मनको आशा र प्यास त्यसमै बिलाउँछ
खलबलिन्न कहिल्लै तिम्रो मन त्यो चल्मलाउँदो
प्रेमको दिप शिखामा देखिन्छ सधैं झलमलाउँदो।
भोग विलास सबै तनका अतृप्त र अस्थिर छन्
भएका बैभबता सबै एकदिन खरानी बन्न सक्तछन्
भोग बिलाश र बैभबता सबै नागका पासाहरु हुन्
यसमा प्रेमको झरना पाइन्न जो स्थिर र अविरल छन्।
जसले मन दुखाउँछ, जसले जलाउँछ र सताउँछ
त्यो कर्ममा हुन्न प्रेम अन्तमा त्यो पछुताउँछ
प्रेमको फूल त्यो टिप जसले प्रेम जगाउँछ
त्यो मुक्तिको बाटो रोज जसले सारा तृष्णा हराउँछ।
नराख द्वेष कसैमा आशक्ति लोभ र दुष्टता
यसले धर्म मेटिन्छ बढ्नेछ आफूभित्र रुष्टता
प्रेमको रुप त्यो हेर सारा ब्रम्माण्ड एक छ
यसैमा जीबन तिम्रो छ सबैको जीवन एक छ
रामलीला कृष्णलिला हेर त्योकति प्रेम पूर्ण छ
सबैको प्रेमको मूल त्यसैमा सब थोक छ।
ज्ञानी बनी तिमी हेर कोही विभेद नगरिकन
पाउनेछौ सबै एक भिन्नता नगरिकन
गाई हात्ती र चान्डाल कुत्ता सर्वज्ञ बाहुन
ज्ञानीका दृष्टिमा एकै हुन्छन् बुझ सज्जन।
राग द्वेष नफा हानि मिल्ने छैन कुनै दिन
अज्ञानी ज्योतिको ज्वाला बल्ने छैन कुनै दिन
प्रेमको ज्योति त्यो हेर सारा प्रकाश फैलिने
यसैले मुक्ति मिल्नेछ अरु सबै छ बैलिने।
No ads found for this position


Facebook Comment