नेदरल्यान्ड्सले नेपाललाई दियो एक सय ५३ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट

डिसी नेपाल
२ असार २०८२ २१:२०
228
Shares

काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई एक सय ५३ रनको लक्ष्य दिएको छ। स्कटल्यान्डमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ५२ रन बनाएकाे हाे।

नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रन बनाए। यस्तै शाकिब जुल्फिकरले ११ बलमा २४ रन बनाए भने विक्रमजित सिंहले ३० रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। यस्तै नन्दन यादवले दुई तथा ललित राजवंशी र कुशल भुर्तेलले एक एक विकेट लिए।

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *