युक्रेनको राजधानीमा रुसको आक्रमण, १५ जनाको मृत्यु

डिसी नेपाल
३ असार २०८२ १६:१०

काठमाडौं । युक्रेनी अधिकारीहरूले मंगलबार युक्रेनी राजधानी कीभमा भएको रुसी आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताएका छन्।

युक्रेनी गृहमन्त्री इहोर क्लाइमेन्कोले देशमा जम्मा ४४० ड्रोन र ३२ वटा मिसाइल प्रहार गरिएको बताए।

यसैबीच, रुसी रक्षा मन्त्रालयले रुसी वायु रक्षा एकाइहरूले रातारात १४७ युक्रेनी ड्रोनहरू नष्ट गरेको बताएको छ।

किभमा नौ घण्टाभन्दा बढी समयसम्म आक्रमण भयो, जसले गर्दा मानिसहरू मध्यरातदेखि बिहानसम्म भूमिगत आश्रयस्थलहरूमा लुक्न बाध्य भए।

रुसले हालैका हप्ताहरूमा युक्रेन विरुद्ध हवाई आक्रमण तीव्र पारेको छ। युक्रेनी हवाई रक्षालाई कमजोर बनाउन रुसले ठूलो संख्यामा ड्रोन पठाइरहेको छ।

युक्रेनले पनि रुसमाथि आक्रमण गरिरहेको छ। युद्धविरामको बारेमा दुई देशबीच अहिलेसम्म कुनै सम्झौता भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *