इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल द्वन्द्वको बारेमा भनेका छन् – ‘हामी युद्धविराम भन्दा राम्रो कुरा खोजिरहेका छौं।’
जी-७ शिखर सम्मेलनबाट फर्कने क्रममा एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले युद्धविरामको अपेक्षा नगरेको तर ‘हामी युद्धविरामभन्दा राम्रोको अपेक्षा गरिरहेका छौं’ भने।
पत्रकारहरूले उनलाई ‘युद्धविराम भन्दा राम्रो के हुन्छ’ भनेर सोध्दा उनले भने, ‘वास्तविक अन्त्य, युद्धविराम होइन।’
“हामी अहिले धेरै राम्रो गरिरहेका छौं। याद राख्नुहोस्, इरानसँग आणविक हतियार हुन सक्दैन,” ट्रम्पले इजरायलको लागि अझ धेरै गर्न सक्नुहुन्छ कि भनेर सोधिएको प्रश्नमा पत्रकारहरूलाई भने।
“म मानिसहरू सुरक्षित रहून् भन्ने चाहन्छु,” ट्रम्पले तेहरानबाट मानिसहरूलाई बाहिर निकाल्ने आफ्नो आह्वानको बारेमा भने।
No ads found for this position


डिसी नेपाल
Facebook Comment