इरानले कुनै हालतमा आत्मसमर्पण गर्दैनः खामेनी
तेहरान। इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले राष्ट्रपति डोनाल्ड ट्रम्पको मागअनुसार इरानले कहिल्यै आत्मसमर्पण नगर्ने बताएका छन्।
ट्रम्पले संयुक्त राज्य अमेरिकाले खामेनी कहाँ लुकेको भन्ने अमेरिकालाई थाहा भएको र चाहेमा उनको हत्या गर्न सक्ने दावी गर्दै इरानले तत्काल ‘बिनाशर्त आत्मसमर्पण’ गर्नुपर्ने बताएको केही घण्टापछि इरानी सवोच्च नेता खामेनीको उक्त प्रतिक्रिया आएको हो।
इजरायलले शुक्रबार ठूलो बम बारी अभियान चलाएपछि इरानले क्षेप्यास्त्र र ड्रोनमार्फत जवाफी कारबाही सुरु गरेको थियो।
‘यो राष्ट्रले कहिल्यै आत्मसमर्पण गर्नेछैन,’ खामेनीले सरकारी टेलिभिजनमा गरेको लिखित सम्बोधनमा ट्रम्पको अल्टिमेटमलाई ‘अस्वीकार्य’ शर्त भनेका छन्। ‘कुनै पनि सैन्य हस्तक्षेपले अपूरणीय क्षति पुर्याउँछ भन्ने कुरा अमेरिकाले बुझ्नुपर्छ,’ उनले भने।
सन् १९८९ देखि सत्तामा रहेका र इरानका सबै राज्यका मामिलाका अन्तिम मध्यस्थ खामेनीले यसअघि नै इरानले इजरायली नेताहरूप्रति कुनै दया नदेखाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
तेहरान नजिकै इरानको आणविक कार्यक्रमका लागि ‘सेन्ट्रिफ्युज कम्पोनेन्ट’ बनाउने दुई वटा भवनलाई इजरायली आक्रमणले ध्वस्त पारेको संयुक्त राष्ट्रसंघीय आणविक निगरानी निकाय आइएइएले पुष्टि गरेपछि खामेनीले इरान अमेरिकासँग नझुक्ने बताएका हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment