भिजिट भिसामार्फत कमीसन लिने राजनीतिक संरक्षकमाथि छानविन जरुरी छ : समुना श्रेष्ठ

डिसी नेपाल
६ असार २०८२ १२:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसामार्फत घुस लिएर आफ्नो भाग कति भयो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छानबिन गर्नुपर्ने बताएकी छन्।

सदन बहिष्कारपछि पत्रकारहरूसँग बोल्दै ऋण नै लिएर भए पनि विदेश जानुपर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन भन्दै उनले प्रश्न गरिन्। उनले संसदीय छानबिन समिति अथवा उच्च स्तरीय न्यायीक समितिको माग जारी रहने जिकिर गरिन्।

उनले भनिन्, ‘सांसदलाई नसुन्ने सरकारले जनताको आवाज के सुन्ला र? अन्य देशहरुमा दासको रुपमा नेपाली कसरी पुग्छन् भन्दा भिजिट भिसा मार्फत नै हो। त्यस्तो ठाँउमा घुस लिएर आफ्नो भागमा कति पर्यो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छनबिन गरौं भन्दा गरिएन्। कतिसम्म गिरेको नेपाल सरकार। ऋण नै लिएर भएपनि विदेश जानुपर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन् ? हाम्रो अडान जारी रहने छ।’

उनले नेपाल सरकारले रास्वपाको कुरा नसुनेको र विरोधलाई पनि बेवास्था गरेको हुनाले बैठक बहिष्कार गरेको पनि बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

लघुकथा : लत

२१ असार २०८२ ७:२७

कविता : सपनाको उडान

२१ असार २०८२ ७:२८

लघुकथा : राजनीति

२१ असार २०८२ ७:२६