प्रधानमन्त्रीद्वारा ग्वार्को ओभर पासको उद्घाटन, आजैबाट सवारी साधन सञ्चालन हुने

डिसी नेपाल
६ असार २०८२ १६:५१
68
Shares

ललितपुर। ललितपुरको ग्वार्को स्थित ओभर पासको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।

शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरेका हुन्।

उद्घाटनपछि ओभर पासमा आजैबाट सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको छ।

गएको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *